सहकारीको काम उत्पादनसँग जोडिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, पुस २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको आज उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री गुरुङले सहकारीलाई अनुशासित बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले केही सहकारी अत्यन्त अनुशासित ढङ्गले सहकारीको उद्देश्य … Read more

कृषिबाट आयआर्जन गर्दै महिला

राजविराज– सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् । सशिया महाराज दलित महिला कृषक समूहमा आबद्ध २७ जना दलित महिलालाई हाँस पालन गर्न राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले सहयोग गरेको छ । समूहका अध्यक्ष श्रीकुमारी मण्डलले हाँस कुखुरा पालनसँगै हरिया सागसब्जी, काउली, प्याज, लसुन, आलु, गोलभेँडा खेतीमा … Read more

सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ : उपप्रम सिंह

महोत्तरी । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे । संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए … Read more

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परीक्षणपछि व्यावसायिक उत्खनन हुने

काठमाडौं– नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सामाजिक सञ्जाल फेसबुकमार्फत दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । जसको नमुना परीक्षण गरी व्यावसायिक उत्खनन गरिने उनले बताए । ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, … Read more

राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल

काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ। काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि आजको बैठकमा छलफल भइरहेको छ । यस्तै शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयमा पार्टीको धारणा तयार गर्न … Read more

बुल्दी खोलामा पुल निर्माण- नौ महिनामा ७५ प्रतिशत प्रगति

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणाधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले … Read more

हत्या भएको १६ वर्षपछि फरार प्रतिवादी पक्राउ

रौतहट : रौतहट प्रहरीले १६ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय रौतहट र मातहतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।रौतहट प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर  प्रसादका अनुसार कटहरिया नगरपालिका वडा न १ बस्ने बर्ष ५२ को जितन महतो नुनियालाई पक्राउ गरिएको छ। प्रहरीले  महतोलाई … Read more

भीम रावल विराटनगर पुग्दा घन्किए ‘जय देश जय नरेश’ को नारा

विराटनगर– नेकपा एमालेबाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ । तत्कालीन समयमा गृहमन्त्री भएको समयमा पूर्व आएका रावल त्यसपछि ‘मातृभूमि जागरण अभियान’का लागि पूर्व आएका हुन्। विराटनगर विमानस्थलमा आज रावललाई स्वागत गर्ने पुगेको राजावादीहरूले रावललाई स्वागत गदै ‘जय देश जय नरेश’ को नारा लगाएका … Read more

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : नेता सिंह

महोत्तरी– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने बताएका छन् । कांग्रेस महोत्तरीले शनिबार बर्दिबासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिंहले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने भन्दै कार्यकर्ताहरूलाई संगठन निर्माणमा लाग्न आग्रह गरे । ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ,’ कांग्रेसका … Read more

सुडानका ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा

एजेन्सी – विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय संकटको सामना गरिरहेको जनाएको छ। प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था … Read more