‘नेपालमै उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ’

नारायणगढ, पुस १७ गते । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताउनुभएको छ । प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षबारेमा लेखिएका लेखहरुको सङ्ग्रह लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा. यज्ञप्रसाद अधिकारी नामक पुस्तक विमोचन समारोहमा बुधवार महामन्त्री थापाले रहरले उपचारका लागि विदेश जानेलाई छाडेर बाध्यताले उपचार … Read more

खराब मौसमका कारण भरतपुरसहित तीन विमानस्थलमा हुन सकेन उडान

चितवन, पुस १७- खराब मौसमका कारण भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका छन् । तराईमा हुस्सु बढ्नुका साथै कम भिजिबिलिटी हुँदा बुधबार भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका अनुसार बिहानबाटै भिजिबिलिटी नपुग्दा उडान हुन नसकेको हो । बुधबारका लागि भरतपुरका सबै उडान स्थगित भएका छन्।

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज

काठमाडौँ, पुस १७- नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो … Read more

कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारी स्वरूप सभापतिका आकांक्षी नेताहरू आन्तरिक तयारीमा जुट्दै गर्दा ‘विरासत’ बोकेका नेतात्रय डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि संवादमा जुटेका छन् । नेतापुत्रका रूपमा समेत चिनिँदै आएका नेतात्रय कोइराला, सिंह र निधिबीच बुधबार चाक्सीबारीमा भेटवार्ता भएको छ । चाक्सीबारी उपप्रधान तथा सहरीविकासमन्त्री समेत रहेका सिंहको निवास … Read more

एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँः भीम रावल

काठमाडौं, पुस १७- नेकपा (एमाले)को कारबाहीमा परेका नेता भीम रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नुपरेको बताएका छन् । एमालेले पार्टीको साधारण सदस्यबाट कारबाही गरेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन गरेका रावलले ओलीविरुद्ध उमेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको बताए । “मलाई अध्यक्षमा उमेदवारी किन दिएको भनेर प्रश्न गर्नुभयो । तपाईंलाई त्यही प्रश्न गर्न … Read more

कपुचे डिलबाट आँखै अगाडि हिम पहिरो र हिमाल नियाल्न सकिने

गण्डकी । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नम्बर १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ। अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ। कूल दश … Read more

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइँदै

काठमाडौँ, पुस १७- मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह (चार्ज) … Read more

पर्यटकीयस्थल भेडेटारमा चहलपहल

धरान (सुनसरी), पुस १७- पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीयस्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो । भोलि बिहीबारसम्म … Read more

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा

चितवन, पुस १७- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो । महामन्त्री थापाले भन्नुभयो, “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको … Read more

हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल

गण्डकी, पुस १७- आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ … Read more