प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुर अधिकारी

काठमाडौं –   नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ ।मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो। सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन्।काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ। ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका … Read more

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइने

काठमाडौं – मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह ९चार्ज० गरी सञ्चालनमा … Read more

ओलीलाई रावलको प्रश्न- तपाईंले सुशासन ल्याउन खोजेको पत्याइदिनुपर्ने ?

१७ पुस, काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले यस्तो प्रश्न गरेका हुन् । ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र … Read more

भीम रावल कार्की व्याङ्क्वेट पुग्दा समर्थकको स्वागत, तस्बिरहरू

काठमाडौँ । नेकपा एमालेले निष्कासन गरेका डा. भीम रावलले केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्ना योजनाबारे जानकारी गराउँदैछन् । त्यसका लागि उनी माइतीघरस्थित कार्की व्याङक्वेटमा पुगेका छन् । उनी कार्की व्याङ्केट पुग्दा समर्थक र शुभचिन्तकले स्वागत गरेका छन् । रावललाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्य नरहने गरी हटाएको थियो । त्यसपछि … Read more

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

देउखुरी (दाङ), पुस १७- माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका … Read more

पर्यटकीयस्थल भेडेटारमा चहलपहल

धरान (सुनसरी),  पुस १७ गते । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीयस्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो । … Read more

बज्राचार्य र बोहराको अवकाशसँगै एआईजीमा दुई पद रिक्त, केही प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल प्रहरीमा दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को पद रिक्त भएको छ । एआईजी किरण बज्राचार्य र भरतबहादुर बोहराले अवकाश पाएसँगै दुई पद रिक्त भएको हो । बज्राचार्यले मंगलबार र बोहराले आइतबार अवकाश पाएका हुन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बुधबार बिदाइ गरेको थियो । एआईजीको ५६ वर्षे उमेर हदका कारण उनीहरूले अवकाश पाएका … Read more

चीनको सिन्जियाङमा रहेको कारखाना बन्द गर्ने भक्सवागनको घोषणा

काठमाडौं– जर्मन कार निर्माता कम्पनी भक्सवागनले चीनको सिन्जियाङ प्रान्तमा सञ्चालित कारखाना बन्द गर्ने निर्णय गरेको छ । भक्सवागनको निर्णयअनुसार सिन्जियाङको राजधानी उरुम्चीमा रहेको कारखाना र टुरपानमा रहेको परीक्षण केन्द्रबन्द गरिनेछ । युरोपियन टाइम्सका अनुसार चीन भक्सवागनको सबैभन्दा ठूलो बजार हो । अब भक्सवागनका ती कारखाना र परीक्षण केन्द्र साङ्घाईलिङ्गाङ डेभलपमेन्ट ग्रुपले खरिद गर्ने जनाइएको छ … Read more

प्रतिनिधिसभाका सचिव राईद्वारा सपथ ग्रहण

काठमाडौँ, पुस १७- सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका … Read more

कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै

सुन्दरहरैँचा (मोरङ), पुस १७- जिल्लाको सुन्दरहरैँचा-५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिनुभयो । वनमा दाउरा काट्न … Read more