बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

म्याग्दी– प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ । सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो । यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको … Read more

धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते

धादिङ, पुस २०- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट दुइ वटा कार ठोकिदाँ चार जना घाइते भएका छन्। रोराङ गाउँपालिका(३ सलाङघाटमा दुइवटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का, रामेछापको खाडादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली … Read more

बेलायत जाँदै शेखर कोइराला

काठमाडौँ, पुस २०- नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत जाने भएका छन्। बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा बेलायत जाने भएका हुन्। बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले … Read more

शपथ खानुअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै

अमेरिका, पुस २०- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ। न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउनेछन् भनी बीबीसीले लेखेको छ। तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प सजाय … Read more

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप

काभ्रेपलाञ्चोक, पुस २०- राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ … Read more

निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ: मन्त्री खड्का

काठमाडौँ, पुस २०- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ । लालुपाते हाइड्रोपावरद्वारा मनाङको नासोङ गाउँपालिका–२ मा निर्माण हुन लागेको ४९.९५ मेगावाटको दानाखोला हाइड्रोपावरको वित्तिय व्यवस्थापन हस्ताक्षर समारोहमा शुक्रबार साँझ आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने बताउनुभएको … Read more

प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी

काठमाडौँ, पुस २०- गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय … Read more

विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह

उल्भरह्याम्टन (बेलायत), पुस २०- नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आगामी दिनमा नेपाली सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले विवरण अध्यावधिक गर्न लागिएको दूतावासले जनाएको … Read more

प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश

मकवानपुर, पुस २०- बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गर्नुभएको हो । शुक्रबार हेटौँडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, सुरक्षाप्रमुखहरूले ‘चेकपोस्ट’ निर्माणस्थलको अनुगमन … Read more

खोटेहाङले शुरू गर्‍यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, पुस २०- खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरिएको हो । छवटा विद्या ९भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प० प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३६ वटा … Read more