परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं, पुस १९ गते ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्री डा. राणा शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवम् नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नुहुँदै नेपाली जनता, नेपाल सरकार र आफ्ना तर्फबाट उहाँप्रति … Read more

नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो, कुनमा कति ?

१९ पुस, काठमाडौं । नेपालमा तारे होटलभन्दा रिसोर्टको बसाइ महँगो हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार तारे होटलको तुलनामा रिसोर्टको मूल्य बढी देखिएको छ । तारे होटलका स्ट्यान्डर्ड कोठा (सिंगल बेड) को औसत मूल्य ६ हजार ९ सय १६ रुपैयाँ प्रतिरात रहेको देखिएको छ । … Read more

‘क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन्’

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवा प्रवेश र अवकाशको उमेर हद हेरफेर गर्न  सुझाव दिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रवेशको उमेर हद हटाउनुपर्ने सुझाव दिएका हुन् । ‘हरेक जिल्लामा क्याम्पस नहुँदाको समयमा गरेको व्यवस्था अहिले काम रहेको छ । अब हरेक पालिकामा … Read more

सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन

पोखरा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने कार्यशाला’ समापनमा आज उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढङ्गबाट तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन् । मन्त्री दाहालले रुग्ण … Read more

सबै मधेशी शक्तिहरुबीच सहकार्यका लागि वार्तालाई तीव्रता

काठमाडौं। तराई-मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ। जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति … Read more

आज राति अत्यधिक उल्का वर्षा हुने

काठमाडौं । आज राति उल्का वर्षा हुने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको जनाएको छ। उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै हुने नासोले जनाएको छ। उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ।आज राति उल्का वर्षा … Read more

कोशी प्रदेश सार्वजनिक लेखा समितिले झिकायो बेरुजु विवरणसहितका कागजात

विराटनगर– कोशी प्रदेश सार्वजनिक लेखा समितिले बेरुजुको सन्दर्भमा फर्छ्यौट हुनु पर्ने, नियमित हुनु पर्ने विषय र विवरणहरूसहितको स्पष्ट धारणा कागजात र राय प्रतिक्रियासहित मन्त्रालय र निकायलाई १५ दिन भित्र सार्वजनिक लेखा समितिमा जवाफ पेस गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको सार्वजनिक लेखा समितिको पहिलो बैठकले बेरुजुका सम्बन्धमा प्राप्त कागजात माथि सचिवालयले पुनः बुझ्न सम्बन्धित लेखा … Read more

तातोपानीमा स्थानीयको भिड, आन्तरिक पर्यटकले पाउँदैनन् पालो

कालीकोट, पुस १५ गते ।  जुम्लाको तातोपानीमा स्नान गर्न छिमेकी जिल्लासँगै देशभरका नागरिक पुग्ने गरेका छन् । छ वटा धारामा बाह्रै महिना तातोपानी आउने र त्यहाँ स्नान गरेमा बाथ रोकलगायत शारीरिक समस्या समाधान हुने जनविश्वासले यहाँ स्नान गर्नेको भिड लाग्ने गर्छ । सुन्दर रारातालमा पुग्ने पर्यटक प्रायः जुम्लाको तातोपानी पनि पुग्ने गरेका छन् । रारातालको … Read more

बराहक्षेत्रमा विवाह महोत्सव हुने

सुनसरी– बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो । महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए । विवाह महोत्सव अन्तर्गत पुस २१ गते  गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा … Read more

मुख्य सचिवको अवधि दुई वर्ष, सहसचिवमा खुला १० र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गरौं

काठमाडौं । लोकसेवा आयोगले मुख्य सचिवको अवधि दुरई वर्षमा झार्ने प्रस्ताव अघि सारेको छ। शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन्। मुख्य सचिवको अवधि दुई वर्ष, सचिवको तीन वर्ष र अतिरिक्त सचिवको अवधि चार वर्ष कायम गरिनुपर्ने उनको सुझाव छ। हाल मुख्य सचिवको अवधि तीन वर्ष … Read more