ओलीको गृह जिल्ला जाँदै प्रचण्ड, भ्रष्टचारबिरूद्ध खबरदारी गर्ने

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन्। गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी आज झापा जान लागेका हुन्। केपी ओली सरकार भ्रष्टचारमा डुबेको र आफ्नालाइ काखा गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले देशब्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ। शनिबार महेन्द्रनगर पुगेका प्रचण्ड ओलीको गृह जिल्लामा जान … Read more

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने पक्षको जित

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ। अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ। मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो। उमेर हद राख्ने कि … Read more

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

रौतहट, पुस १५- जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको रौतहट प्रहरीले जनाएको छ। … Read more

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार पूर्वराष्ट्रपति कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा निधन भएको हो।कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए। सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बनेका थिए। उनको निधनमा अमेरिकी राष्ट्रपति जो … Read more

अख्तियारको क्षेत्राधिकार बढाउन सरकार नै बाधक

काठमाडौं, पुस १५- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउन सरकार नै बाधक देखिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले सर्वसम्मत गरेर टुंगोमा पुर्‍याएको भ्रष्टाचार निवारण (तेस्रो संशोधन) विधेयक र अख्तियार दुरूपयोग अनुसन्धान ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकलाई सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले पारिमार्जन गरेर कमजोर बनाउन लागेको स्रोतले बताएको … Read more

आज गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं, पुस १५- गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, … Read more

पार्टी सभापतिसँग मतभेद छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापतिसंग आफ्नो कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् । प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सभापतिसंगै आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको बताएका हुन् । उनले पार्टीभित्र भएका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई लेख्ने गरेको उल्लेख … Read more

दक्षिण कोरिया विमान दुर्घटनाः १७९ जनाको मृत्यु भएको अनुमान, ९६ जनाको मृत्यु पुष्टि

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार २ जनाबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । २ जनाको जीवितै उद्धार गरिएको छ । दक्षिण कोरियाको दमकल विभागका अनुसार यस … Read more

राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलबाट उक्त अध्यादेश जारी भएको शीतल निवासले जनाएको छ। अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ।  अध्यादेशले राष्ट्रिय सहकारी … Read more

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौँ, पुस १३- हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा … Read more