कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरी प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, सैन्य उपकरण, हेलिकप्टर र ड्रोनमा क्षति पुर्‍याएको दाबी गरेको छ । यो जानकारी इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजले सार्वजनिक गरेको हो । आईआरजीसीका अनुसार अमेरिकाले स्ट्रेट अफ होर्मुजमा गरेको हस्तक्षेपको प्रतिकारस्वरूप कुवेतको अली अल–सालेम वायुसेना अड्डामा … Read more

तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकामा महिलाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। आठराई गाउँपालिका-६ सिमखर्क बस्ने ५१ वर्षीया रूपा लिम्बूको हत्या गरेको अभियोगमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। कृष्णबहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरेर फरार भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटिएको … Read more

स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा

इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजिसी) ले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ । अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्याङ्करहरू स्ट्रेट अफ होर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रण्मा लिएको जनाइएको छ । इरानी मिडियाले … Read more

पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

कराची । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको उतारचढाव तथा पर्सियन खाडी क्षेत्रमा बढेको सैन्य तनावको प्रभाव देखाउँदै पेट्रोल र हाई–स्पिड डिजेलको मूल्य फेरि बढाएको छ । सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ६.३९ पाकिस्तानी रुपैयाँ र हाई–स्पिड डिजेलको मूल्य ७.८३ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ३२७ रुपैयाँ १२ पैसा पुगेको … Read more

कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सत्ता समीकरणको तयारी केन्द्रमा भइरहे पनि कर्णालीमा त्यो कार्यान्वयन नहुने अवस्था देखिएको छ ।यसअघि पार्टी केन्द्रकै समन्वयमा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेकाले नैतिक हिसाबले पनि अडान यथावत राख्नुपर्ने नेकपाका नेताहरू बताउँछन् । नेकपा संसदीय दलदेखि प्रदेश पार्टी कमिटी नै … Read more

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।  प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो । बैठकमा ३ प्रतिशत शिक्षा र स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।    

पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा पछिल्लो तीन महिनामा ९९ प्रतिशत म्याद तामेली भएको छ । अदालतमा ६० हजार ३ सय ३७ म्याद प्राप्त सङ्ख्या मध्ये ५८ हजार ७ सय ९१ म्याद तामेल भएको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । न्याय सम्पादन प्रक्रियामा विपक्षी वा सरोकारवालालाई अदालतमा हाजिर हुने सूचना दिनका लागि जानकारी … Read more

दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु

काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले भोलि (बिहीबार)देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन् । यसअघि सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समयसीमा दिइएको भए पनि … Read more

सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा रहेको महासंघको सचिवालय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट तथा मोबाइल एपको औपचारिक … Read more

फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानुन पारित गरेको छ । यो कानुन लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ । फ्रान्सको संसद्ले मंगलबार उक्त कानुन पारित गरेको हो । राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो कार्यकाल समाप्त हुनुअघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका … Read more