इलाम-२ र बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौं। इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ। इलाम-२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन्। त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय … Read more

कस्तो रहला शनिबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको … Read more

इलाम र बझाङमा मतदान हुँदै, आजै रातिदेखि मतगणनाको तयारी

काठमाडौं। इलाम क्षेत्र नम्वर-२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ। इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन्। सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन्। इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले … Read more

२०८१ साल वैशाख १५ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ … Read more

धरौटी बुझाएपछि रिहा भए दिपेश पुन

बुटवल। सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन्। गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो। पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण … Read more

कांग्रेसलाई शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ: अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुटनबाट बचेको बताए। अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए । … Read more

फुडमाण्डुको सेवा अब चितवनमा, वैशाख महिनाभर ३० प्रतिशतसम्म छुट

भरतपुर: खाना डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि सेवा विस्तार गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा विस्तार भएको हो । सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट दिने घोषणा गरेको छ । कम्पनीले भरतपुरमा शुक्रवार पत्रकार सम्मेलनगरी फुडमाण्डुको सेवा … Read more

आज पाँच प्रदेशमा वर्षा र हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ:  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा … Read more

आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

भक्तपुर। कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक … Read more

२०८१ साल वैशाख १४ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै … Read more