दमक टावर उद्घाटन गर्दै ओलीले भने- नयाँ तरिकाको विकासको नमुना

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई नयाँ तरिकाको विकासको नमुना भनेका छन्। एक सय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए। विश्वका अन्य मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई … Read more

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने

काठमाडौं । यही मङ्सिर २४ देखि २७ गतेसम्म आयोजना हुने ‘१२औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् । सोमबारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । “यसपटकको … Read more

प्रहरीले भन्यो: रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन

जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लैजाँदा मापसे गरेका प्रहरी कर्मचारीले उठाएको भन्ने विषयको खण्डन गरेको छ। आइतबार चितवन प्रहरीका डिएसपी भेषराज रिजालले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक समाचारहरू फैलाइएको भन्‍दै खण्डन गरेका हुन्। ‘पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट … Read more

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्दा रास्वपा कार्यकर्ता पक्राउ

झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दका अनुसार करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । केही समयपछि उनीहरूलाई छाडिने चन्दले बताए ।अहिले जिल्ला प्रहरी कार्यालय झापामा … Read more

चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

२३ मंसिर, धनगढी । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका … Read more

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ  । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीमाथिको अनुसन्धान नसकिएको भन्दै … Read more

अस्पतालका कर्मचारी मृत फेला

काठमाडौं । सप्तरी जिल्ला गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका घर भएका उनी राजविराजमा डेरामा बस्दै आएका करिब ४५ वर्षीय सुधीरकुमार झाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यलय सप्तरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको हत्या वा आत्महत्या के हो खुलिसकेको छैन। घटनाबारे … Read more

झापामा रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा

२३ मंसिर, काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दका अनुसार करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । केही समयपछि उनीहरूलाई छाडिने चन्दले बताए । … Read more

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँमा

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आइपुगेका छन्। आफ्नो दक्षिण एसिया भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ। उनको यस भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको … Read more