खराब मौसमका कारण भरतपुरसहित तीन विमानस्थलमा हुन सकेन उडान
चितवन, पुस १७- खराब मौसमका कारण भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका छन् । तराईमा हुस्सु बढ्नुका साथै कम भिजिबिलिटी हुँदा बुधबार भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका अनुसार बिहानबाटै भिजिबिलिटी नपुग्दा उडान हुन नसकेको हो । बुधबारका लागि भरतपुरका सबै उडान स्थगित भएका छन्।