उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका थिए। त्यहाँ रहँदा मन्त्री भण्डारीले भारतीय … Read more

जलवायु परिवर्तनले मुलुकको गरिबी र असमानता बढायो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, मङ्सिर २० गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप बढाएको बताउनुभएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको असरले जनजीवन प्रभावित बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले … Read more

‘नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ’

काठमाडाैँ, मङ्सिर २० गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा … Read more

सुदूरपश्चिमले दियो काठमान्डुलाई १६८ रनको लक्ष्य, ब्राण्डनको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे । ओपनर विनोद भण्डारीले ३५ … Read more

उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछुः महानिरीक्षक कुँवर

कास्की। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्। कास्कीको पोखरा महानगरपालिका-६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन्।अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका … Read more

टेलिकमको बिलिङ प्रणालीमा अर्बको चलखेल, वर्तमान र पूर्वअधिकारीविरुद्ध मुद्दा लैजाँदै अख्तियार

काठमाडौं । नेपाल टेलिकमको बिलिङ सिस्टम नवीकरण गर्दा करिब अर्ब रुपैयाँ हिनामिना भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेको छ । तर, आयोग अझै निस्कर्षमा पुगेको छैन । सम्झौता विवाद सतहमा आएपछि आयोगले छानबिन थालेको हो । छानविनका क्रममा अख्तियारले टेलिकमका पूर्व एवं वर्तमान अधिकारीहरूसँग समेत बयान लिए पनि भ्रष्टाचार मुद्दामा तहमा पुग्न … Read more

दिगो विकास उपसमितिमा विज्ञहरूको सुझाव : जलवायु वित्तलाई ऋण होइन अनुदानमा लिनुपर्छ

काठमाडौँ  । कोप–२९ मा सहभागी भएर नेपाल फर्किएका सांसद, जलवायु क्षेत्रका विज्ञ तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले जलवायु वित्तलाई ऋण नभई अनुदानको रूपमा ल्याउनुपर्ने सुझाव दिएका छन् । राष्ट्रियसभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा भएको समीक्षा बैठकमा उनीहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा सांसदहरू, पूर्वराजदूत, युएनडीपीका … Read more

उपनिर्वाचनको परिणामले ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ। आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ। जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले … Read more

खानेपानीमन्त्रीको निर्देशन- नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नू

विराटनगर – खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटनका अवसरमा उनले उक्त निर्देशन दिएका हुन् । उनले भने, ‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना … Read more

प्रधानमन्त्री ओली चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द

काठमाडौं, मंसिर २०- प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ । प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्री चढेको विमान अवतरण हुनुभन्दा अघि २५ मिनेट र पछि ५ मिनेट … Read more