बेवारिसे महिलाको मृत्यु

हेटौँडा, मङ्सिर २१ गते । हेटौँडाको बसपार्कबाट बेवारिसे अवस्थामा फेला पर्नुभएको एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्क क्षेत्रमा काम गर्दै खादै हिँड्ने अन्दाजी ३५ वर्षीय कन्चन परियार नाम बताउने महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । महिलाको वतन भने खुलेको छैन । प्रदेश प्रहरी कार्यालय हेटौँडाका … Read more

पदभार ग्रहण समारोहबाटै समातिएका वडाध्यक्षलाई आज सार्वजनिक गर्दै सप्तरी प्रहरी

पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गर्दै छ। यही मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट वडाध्यक्षमा विजयी साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी-१ मा आयोजित पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो। हत्या मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको … Read more

भुटानी राजा जिग्मे वाङचुक काठमाडौँमा

भुटानी राजा जिग्मे वाङचुक नेपाल आएका छन्। ड्रुक एयरको विमानबाट १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँआइपुगेका हुन्।उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री डा आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्। उनी काठमाडौँमा हुँदा राजनीतिक तथा सरकारी अधिकारीहरूसँग शिष्टाचार भेटवार्ताका साथै बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्ने तालिका छ।उनी आजै स्वदेश फर्किनेछन्।  

९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती – हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो । कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा … Read more

एनपीएल : कर्णालीलाई चितवनले दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनायो । चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, बिपिन … Read more

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की – पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए। आयोजनाबाट उत्पादित  बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ … Read more

रवि लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्कीमा

पोखरा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन् । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई … Read more

धरानका मेयर हर्क साम्पाङका मुख्य ५ काण्ड, ताजा प्रकरण यस्तो छ

काठमाडौं– ०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको ‘श्रमदान’बाहेक अन्य विषय विवादको चाङमा रहेको छ। पछिल्लो पटक उपमेयर अइन्द्र बेघासँगको विवाद र उनलाई कार्यबाहक मेयर नदिएकोदेखि सार्वजनिक रुपमा खोज पत्रकारिता केन्द्रमा लेख्ने गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राईमाथि धम्की दिनु उनका नयाँ प्रकरण हुन्। यसबाहेक पनि … Read more

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

चन्द्रपुर –  पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार … Read more

चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताएका छन्। चीनको औपचारिक भ्रमणसम्पन्न गरि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताएका हुन्। उनले चीनसँग ऋण लिन … Read more