वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

वीरगञ्ज , मङ्सिर २०- मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका … Read more

बलात्कार आरोपमा पुरुष पक्राउ

म्याग्दी — मालिका गाउँपालिका घर भई हाल बेनी नगरपालिका–२ मा डेरा गरी बस्ने ३७ वर्षीय एक पुरुष बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । स्थानीय आधारभूत विद्यालयमा अध्ययनरत ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । बुधबार उपचारका लागि बेनी अस्पताल पुर्‍याइएकामा डाक्टरले जाँच गर्दा बालिकाको गर्भमा झन्डै तीन महिनाको गर्भ रहेको खुलेपछि उनी … Read more

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारमा लैजाने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लामो समयसम्म झुक्याएर राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले जाहेरी दिएका हुन्। प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पीडितको उजुरीमाथि अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने लमजुङ सुमित बस्याल … Read more

रवि लामिछाने र छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले रातोपाटीलाई बताए । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी … Read more

लुम्बिनीलाई हराउँदै विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले दिएको विशाल लक्ष्य पछ्याउँदै  विराटनगर किंग्सले जित निकालेको छ ।  विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो लगातार दुई हारपछि विराटनगरलेपहिलो जित निकालेको हो ।सुरुमा ब्याटिङ गरेको लुम्बिनीले १९२ रनको लक्ष्य दिएको थियो । उक्त विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बलअगावै लक्ष्य पूरा गर्‍यो ।  

जलवायु परिवर्तनका कारण वैदेशिक रोजगारमा जाने संख्या बढ्यो : अध्ययन

काठमाडौँ । नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसान कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा धकेलिएको पाइएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको भूगोल केन्द्रीय विभागको अनुसन्धान अनुसार जलवायु परिवर्तनबाट कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीनालीमा रोग तथा किराहरूको संक्रमण बढेको, बेमौसमी अधिक वर्षा हावाहुरी र असिनाले बालीनालीमा क्षति पुर्‍याउँदै गएकाले कृषि पेसा छोडेर वैदेशिक रोजगारमा जाने संख्या … Read more

चितवनमा रास्वपाको प्रदर्शनमा झडप: आठ प्रहरी र ४० प्रदर्शनकारी घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। तर त्यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार प्रहरीतर्फ आठ जना घाइते भएका छन्। … Read more

विराटनगर किंग्सले चार विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका राजेश पुलामी ४ रन र निकोलस किर्तन शून्य रनमा आउट भएका हुन् । उनलाई लुम्बिनीका साद बिन जफरले आउट गरे । यसअघि, मार्टिन गप्टिल २८ र इस्मत आलम शून्यमा आउट भएका थिए … Read more

बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ, मंसिर १९- नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज … Read more

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

१९ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो । जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै … Read more