वनमन्त्रीद्वारा मुगु भीई गुरा देउताको मन्दिर शिलान्यास

काठमाडौ, मंसिर १९ गते । नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुगु भीई प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गर्नुभएको छ । जिल्ला भ्रमणको सिलसिलामा बुधबार दुर्गम बस्ती भीई गाउँ पुगेर मन्त्रीले प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गर्नुभएको हो । प्राचिन धार्मिक पौराणीक ऐतिहासिक महत्व रहेको गुरा देउता मन्दिर अब आधुनिक कलात्मक शैलीमा निर्माण … Read more

चितवनमा रवि लामिछानेको दोस्रो दिनको बयान सुरु

१९ मंसिर, काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी रहेको … Read more

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना

हेटौँडा, मङ्सिर १९ गते । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । हेटौँडा–सिन्धुली सडकअन्तर्गत आज बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो । हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ भने … Read more

एनपीएलः काठमाडौंले कर्णालीलाई हरायो

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ। कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४० रन बनाए। कप्तान करन केसीले आक्रामक … Read more

चितवनमा प्रहरी र रविका समर्थकबीच मुठभेड

काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच मुठभेड भएको छ । रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले पनि लाठीचार्ज गरेको छ । चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदर्शन नियन्त्रण गर्न तीन तहमा प्रहरीहरु खटाइएका … Read more

‘पुष्पा २’ का कारण ‘पूर्णबहादुरको सारंगी’को शोमा भारी कटौती

विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले एक महिनाको यात्रा पार गरिसकेको छ। यस फिल्मले नेपालमा ५० करोडको व्यापार गर्दा विदेशमा २५ करोड कमाइ गरेको छ। यस फिल्मले प्रदर्शनको पाँचौं सातासम्म पनि हलहरुबाट राम्रो शो पाएको छ। आज पनि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाभरि २७ शो उपलब्ध गराएको छ। त्यसैगरी बिग मुभिजले ५, वान … Read more

ककनी-२ का नवनिर्वाचित वडाअध्यक्ष घिमिरेले सम्हाले कार्यभार

नुवाकोट। ककनी गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा अध्यक्ष कृष्ण घिमिरे मिलनले मंगलबार पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका छन्। मंगलबार ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ समक्ष शपथ लिएका नवनिर्वाचित वडाअध्यक्ष घिमिरेले वडा कार्यालय पुगेर पदभार सम्हालेका हुन्। वडा कार्यालयमा वडाअध्यक्षको कार्यभार सम्हाले लगत्तै बसेको वडा सदस्यसहितको बैठकमा घिमिरेले लामो समयदेखि समस्याका रुपमा … Read more

अपाङ्गता दिवसमा नृत्य तथा वक्तृत्वकला

नुवाकोट-    अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्गलवार नुवाकोटमा विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ । र्‍याली, अन्तरक्रिया, अतिरिक्त क्रियाकलाप तथा अपाङ्गता जागरण सम्बन्धी कार्यक्रम गरिएको छ । नुवाकोटमा स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएका हुन् । अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा … Read more

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन् । बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । … Read more

के तपाईं पनि जाडोमा तातो पानीले नुहाउनु हुन्छ ? सावधान हुनुहोस् !

काठमाडौँ, १९ मङ्सिरः चिसोले सबैलाई गाँजिरहेका बेला मानिसहरु चिसो पानी छोडेर तातो पानीले नुहाउन सुरु गर्छन् । यदि तपाईं पनि तातो पानीले नुहाउन सुरु गरिसक्नुभएको छ भने थोरै सावधान हुनुहोस् किनभने तातो पानीले नुहाउनु हानिकारक हुनसक्छ । छालारोग विशेषज्ञ अपूर्व जैनका अनुसार तातो पानीले नुहाउने बानी छाला र कपाल दुबैका लागि निकै हानिकार हुनसक्छ । त्यसरकारण … Read more