एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन

काठमाडौं – विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र … Read more

एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन

काठमाडौं – विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र … Read more

जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले १४२ रनको लक्ष्य

काठमाडौँ, मंसिर १७- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको हो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो। … Read more

ब्याटर नचल्दा पनि कर्णालीले दियो १४२ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली एक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको हो ।  

वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ, मंसिर १७- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नुभएको छ । अध्यक्ष ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई जिम्मेवारी प्रदान गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र … Read more

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

कञ्चनपुर, मंसिर १७- प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् । “राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, … Read more

नेपाल प्रिमियर लिगमा चितवन राइनोजको विजयी सुरुवात,काठमाडौं पराजित

चितवन,मंसिर १७- चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन … Read more

कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ ७४२ मत प्राप्त गरी विजयी भएका हुन् । बानियाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ भोट पाइन् । यस्तै, माओवादीका नारायण विष्टले २८७ मत प्राप्त गर्दा एमालेका बद्री बुढाथोकीले … Read more

लालीगुराँस नगरपालिकामा नेपाली कांग्रेस विजयी

तेह्रथुम, मंसिर १७- तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु ४४० मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका बुद्ध बहादुर लिम्बुले ३६० मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जिब खड्काले ३८ मत ल्याएका छन्।

प्रतितोला १२०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ, मंसिर १७- नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको हो। योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।