सर्केगार्ड उपनिर्वाचन अपडेट: ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान

सिमकोट- हुम्लाको सर्केगार्ड गाउँपलिकाको उपनिर्वाचनको मतदान कार्य जारी रहेको बेला अहिले ११ बजेसम्म ३०.८७ प्रतिशतभन्दा बढी मतदान सम्पन्न भएको छ ।कुल मतदातामध्ये दुई हजार एक सय जनाले अहिले ११ बजेसम्म मतदान कार्य गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । सर्केगार्डमा कुल छ हजार ८१० मतदाता संख्या रहेको छ । यो मतदान भएको संख्या … Read more

घरायसी विवाद हुँदा कञ्चनपुरमा पूर्व असईले गरे श्रीमतीको हत्या

धनगढी, मंसिर १६- कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् ।भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् । शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता … Read more

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

काठमाडौँ, मङ्सिर १६ गते । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैंलाई’ सार्वजनिक गर्नुभएको छ ।आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ । गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ … Read more

अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा शैक्षिक सामग्री वितरण

लिस्बन। बागलुङको अमलाचौरस्थित सरंगीमा रहेको लक्ष्मीनारायण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ। अन्तर्राष्ट्रिय बागलुङ समाजको सहयोगमा उक्त विद्यालयमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको हो। समाजका उपाध्यक्ष भीम केसीले जिल्लास्थित विद्यालय पुगेर एक कार्यक्रमका बीच बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको संस्थाले जनाएको छ। विद्यालयमा अध्यनरत गरिब, … Read more

८० लाखमा निर्माण भएको नवलपरासी बसपार्क उपयोगविहीन

बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मंसिर १६- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा रु दुई करोड ८० लाख लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ । सहरी विकास मन्त्रालयले रु दुई करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको छ । रामग्राम नगरपालिकालाई बसपार्क दुई वर्ष पहिला नै हस्तान्तरण गरेको पनि अहिलेसम्म सञ्चालनमा नआउँदा … Read more

छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते

रौतहट। रौतहट स्थित घरायसी विवादका कारण आक्रोसित एकजना छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते भएका छन् जिल्लाको देवाही गोनाही नगरपालिका ३ देवाही टोलका ७० बर्षीय कंचन बैठालाई शनिवार साँझ ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका हुन्। गम्भीर घाइते बैठाको चिन्ताजनक अवस्था उपचारको लागि बिरगंज … Read more

मर्मत नहुँदा दुई करोडको लागतमा स्थापना भएको वायु ऊर्जा उत्पादन ठप्प

नवलपरासी ।  बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो ।हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले … Read more

यु–१९ एसिया कप : बंगलादेशविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– यु–१९ एसिया कप क्रिकेटमा नेपाल र बंगलादेश खेलिरहेका छन् । युनाईटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रंगशालामा जारी खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । यस्तै, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो जित हात पारेको बंगलादेश सेमिफाइनल प्रवेशको … Read more

गोरखाको ओलाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै अजिरकोट पालिका

गोरखा, १६ मङ्सिर । अजिरकोट गाउँपालिकाले विकट गाउँ ओलाङलाई पर्यटनमैत्री नमूना गाउँका रूपमा विकास गरेको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा पर्यटकीय पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार गाउँपालिका–२ स्थित ओलाङ गाउँलाई ‘पर्यटनमैत्री नमूना गाउँ प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नमूना गाउँका रूपमा विकास गर्न प्रारम्भ गरिएको हो । कार्यक्रमले बाँझो … Read more

काठमाडौँ १६ मा ८५ वर्षका मतदाता प्रधानलाई प्रहरीले बोकेर पुर्‍याए मतदान केन्द्र

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा जारी उपनिर्वाचनमा ८५ वर्षका एक मतदाताले प्रहरीको सहयोगमा मतदान केन्द्र पुगी भोट हालेका छन्। स्थानीय ८५ वर्षका श्यामलाल प्रधानले प्रहरी हवलदारको सहयोगमा लैनचौरस्थित सरस्वती क्याम्पस मतदान केन्द्रमा मत खसालेका हुन्।उनलाई प्रहरी हवलदार भुवन श्रेष्ठले मत खसाल्ने ठाउँसम्म पुर्‍याइदिएका हुन्।बिहान ७ बजेदेखि मतदान भइरहेको छ।यो वडा काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठूलो हो।नेपाली कांग्रेसबाट … Read more