बागमती नदीमा छाडियो मेलम्चीको पानी

काठमाडौं – बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनले भने, … Read more

अठार बिचौलिया पक्राउ

पर्सा, मङ्सिर १४ गते। जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाको रुपमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ जना लाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय पर्सा र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये यातायात व्यवस्था कार्यालय पर्साबाट १३ जना र बसपार्कबाट ५ जना पक्राउ परेका छन् । १८ जनामध्ये वीरगञ्ज महानगरपालिकाका १४ जना … Read more

जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ । जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।भेटका अवसरमा नेपालका लागि जापानका राजदूत KIKUTA Yutaka ले  नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए । त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, … Read more

भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ

१४ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो । सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन । ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । थप … Read more

प्रधानमन्त्री ओली लुम्बिनीमा

१४ मंसिर, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यलेले प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका हुन् ।कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई … Read more

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री

भैरहवा – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका छन् ।  लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने उनको भनाइ थियो ।  भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले … Read more

परराष्ट्रमन्त्री डा. राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

बेइजिङ, मङ्सिर १४ गते ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभयो । त्यस अवसरमा उहाँलाई महावाणिज्यदूत सुरेश राउत र त्यहाँका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । मन्त्री डा. राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका काम कारबाहीका बारेमा जानकारी गराउनुभएको थियो । मन्त्री डा. राणाले आगामी वर्ष नेपाल र चीनबिच … Read more

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिएका छन्। काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देयक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। उनले भने, … Read more

कर्मचारीतन्त्र भित्रको चित्र ‘९६ गड्डी’

काठमाडौँ, मङ्सिर १४ गते । “फूल हौँ, सुगन्ध हौँ, या स्वर्गकी परी हौँ । परीमा पनि सर्वोपरी, भन कुन देशकी चरी हौँ ।।” प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६ गड्डी’ सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रभित्रको … Read more

पाकिस्तानमा इमरान खानकी पत्नी बुशरा बीबीसहित ३०० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ । नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो ।इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरू पाकिस्तानको इस्लामावादमा पनि प्रवेश गरेका थिए। बुशरा बीबी बाहेक पीटीआई नेता हाकिम खानसहित ३०० जनालाई … Read more