अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी

अमेरिका, मङ्सिर १४ गते ।  टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सन्देशमा आफूले आप्रवासनलाई प्रभावकारी रूपमा रोक्न सहमत भएको बताएका छन् । दुई देशबिचको क्रसिङ प्वाइन्ट बन्द गर्ने जनाएको छ । तस्बिर: एएफपी

चितवनमा चार जनाले २२ घरबाट चोरे खसीबोका : दुई जना फरार, दुई जनालाई धरौटीमा छाड्न आदेश

भरतपुर । भरतपुर महानगरपालिका–२३ बस्ने डोलराज सुवेदीको घरबाट गत जेठ २० गते दिउँसो अन्दाजी १ बजे करिब २८ किलोको खसी चोरी भयो । चोरी भएको खसीको बजार मूल्य १५ हजार ६८० रूपैयाँ पर्ने थियो । भरतपुरका विभिन्न स्थानमा खसीबोका चोरीका घटना भइरहेका थिए । तर, चोर फेला पर्न सकेको थिएन । गत कात्तिक १६ गते … Read more

रवि लामिछानेको आज काठमाडौँमा बयान लिइँदै

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज काठमाडौँमा बयान लिइँदैछ।सहकारी ठगी तथा संगठिक अपराध मुद्दामा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई हिजो साँझ काठमाडौँ ल्याइएको हो। लामिछानेको आज सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान हुने भएको हो।लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले काठमाडौं पनि अनुमति दिएको थियो ।पक्राउ पुर्जी जारी … Read more

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील

विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य  सूचीमा राखेर वर्गीकरण गरेको छ । जिल्ला सुरक्षा समितिले ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकोमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले … Read more

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’

लुम्बिनी ।  मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालकदलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र  स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास थालेको बताएका छन् । ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना’ विषयमा बिहीबार भैरहवामा भएको छलफलमा उनले विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले बुटवल र … Read more

भरतपुरको हाकिमचोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते

चितवन, मंसिर १४- भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बिहीवार दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । क्यान्सर अस्पतालतर्फबाट आउदै गरेको ना ५९ प २५२२ नम्बरको मोटरसाइकल र चौबिसकोठिबाट हाकिमचोकतर्फ आउदै गरेको ना ५२ प ८७९३ नम्बरको मोटरसाइकल बिहीवार दिउँसो साढे ३ बजे आपसमा ठोक्किई दुर्घटना भएको हो । मोटरसाइकल आपसमा ठोक्किँदा दुवै सवारीका चालक … Read more

सहकारी ठगी प्रकरण: सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो। लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि विहिबार लामिछानेलाई काठमाडौं ल्याइएको हो। स्वर्णलक्ष्मी सहकारीको रकम … Read more

यू-१९ एसिया कप: आज नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । यूएईमा आज सुरु हुने यू-१९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । खेल ५० ओभरको हुनेछ । नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र तेस्रो खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ … Read more

बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध

काठमाडौं-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५ मंसिर) पशुपतिनाथको मन्दिर वरपरका क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ। बालाचतुर्दशी पर्व ( शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर बिहीबारदेखि शनिबारसम्मका लागि पशुपतिनाथको पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मासु र मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ … Read more

भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा

काठमाडौं – भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्। भोलि (शुक्रबार) हुने सुनिल ग्रोभर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्। कार्यक्रम बानेश्वरको एभरेष्ट होटेलको मैदानमा हुने छ।