पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरको लगातार तेस्रो जित

काठमाडौं – पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपिएलमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखराले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३९ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो । यसअघि पोखरा चितवनसँग पराजित भएको थियो … Read more

पोखराको लगातार दोस्रो हार, जनकपुरको तेस्रो जित

काठमाडौँ, मंसिर २०- नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ। बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो। एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ … Read more

गौतमबुद्ध विमानस्थल : एक महिनामा ५ हजार अन्तर्राष्ट्रिय यात्रु, जजिरा पहिलो

२० मंसिर, काठमार्डौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ३ नोभेम्बर (१८ कात्तिक) देखि ३ डिसेम्बर (१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका छन् । यस अवधिमा २ हजार २ सय ३८ यात्रु … Read more

पुख्र्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

पोखरा, मंसिर २०- फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुख्र्यौली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुख्र्यौली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ । जलारी पोखराको फेवाताल आसपास बसोबास गर्दै आएको परम्परागत माछा मार्ने समुदाय हो । उनीहरूले आफ्नो मुख्य पुख्र्यौली … Read more

एक्लै लड्दा पनि जनताबाट अनुमोदित भएको माओवादीको निष्कर्ष

काठमाडौँ- नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षामा एकल लडेकोमा कार्यकर्ता खुसी रहेको माओवादीको दाबी छ। माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले कीर्तिपुरमा हारे पनि मत बढेको जिकिर गरे।

रविलाई रातारात चितवनबाट किन लगियो पोखरा ?

काठमाडौं । सहकारी बचत ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा लगिएको छ । लामिछाने बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय पोखरामा पुगेको प्रहरीको भनाइ छ ।गए राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिएको थियो । … Read more

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

वीरगञ्ज , मङ्सिर २०- मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका … Read more

बलात्कार आरोपमा पुरुष पक्राउ

म्याग्दी — मालिका गाउँपालिका घर भई हाल बेनी नगरपालिका–२ मा डेरा गरी बस्ने ३७ वर्षीय एक पुरुष बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । स्थानीय आधारभूत विद्यालयमा अध्ययनरत ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । बुधबार उपचारका लागि बेनी अस्पताल पुर्‍याइएकामा डाक्टरले जाँच गर्दा बालिकाको गर्भमा झन्डै तीन महिनाको गर्भ रहेको खुलेपछि उनी … Read more

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारमा लैजाने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लामो समयसम्म झुक्याएर राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले जाहेरी दिएका हुन्। प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पीडितको उजुरीमाथि अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने लमजुङ सुमित बस्याल … Read more

रवि लामिछाने र छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले रातोपाटीलाई बताए । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी … Read more