राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल आज बिहान अस्पताल भर्ना भएका थिए । उनको अवस्था सामान्य रहेको शिक्षण अस्पताल, महाराजगञ्जले जानकारी दिएकाे छ ।

जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक

सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासुु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै  आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा … Read more

चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप,दुई दर्जनबढि घाइते

चितवन,मंसिर १९- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो। रास्वपा समर्थक … Read more

सरकारी गाडीमा गाँजा, हवाई फायरमार्फत नियन्त्रणमा

इटहरी- सुनसरीमा सरकारी नम्बर प्लेटको स्कारपिओलाई हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ। मंगलबार साँझ धरान १३ बाट हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाकाअनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ … Read more

काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। मंगलबार राति काठमाडौं महानगरपालिका-१४ खसिबजारस्थित सडकमा बा.प्र.०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको हो।दक्षिणकाली नगरपालिका-१ खहरे निवासी ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई बयोधा अस्पताल, बल्खुमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।मोटरसाइकल … Read more

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ – स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन … Read more

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त (तस्बिर)

चितवन। रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्। चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो। प्रदर्शनकारीलाई रोक्न प्रहरीले … Read more

विद्युत् प्राधिकरणमा मन्त्रीको कार्यकक्ष (तस्बिर)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ । मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको हो । कर्मचारीहरू फूलका बुकेहहरु लिएर स्वागतका लागि तम्तयार भएर बसेका थिए। फूलका बुकेहरू स्वागतको लागि तयार रहेका छन् भने कार्यकक्ष पनि सजाइएको छ । मन्त्रीको कार्यकक्षका साथै मिटिङ … Read more

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

सुत्केरी हुने समय नजिकिंदै जाँदा खुसीसँगै चिन्ता पनि थपिंदै जान्छ । घरमा प्रसव पीडा सुरु भयो अस्पताल छिटो लैजानुपर्ने हतारोमा अस्पतालमा आवश्यक पर्ने धेरै सामानहरु बिर्सन सकिन्छ । यस्तोमा सुत्केरी हुने १० दिनअघि नै के चाहिन्छ, के चाहिंदैन भनेर सूची बनाउनु राम्रो हुन्छ । यसरी सबै सामग्री व्यवस्थित गरे आपतकालीन अवस्थामा पनि केही तनाव कम … Read more

भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

नारायणगढ, मङ्सिर १९ गते । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्ने र बिना सर्त रिहाइ गर्नुपर्ने मागसहितको छुट्टाछुट्टै र्‍याली भरतपुरमा निकालिएकाे छ । रिहाइको माग गर्ने उहाँका समर्थकहरुले अहिले जिल्ला प्रहरी कार्यलय अगाडि प्रदर्शन गरी नाराजुलुस गरिरहेका छन् । जुलुसपछि ढुङ्गा प्रहार हुन … Read more