‘चीनको चमत्कारिक आर्थिक विकासबाट नेपालले सिक्न सक्छ’

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले बुधबार पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गरे । ‘विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो … Read more

वीरगन्ज सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामीइभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगञ्ज। नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी, नामी सार्वजनिक गरेको छ। मंगलबार आयोजित कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्य सभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, बृद्धि ग्रुपका प्रबन्ध निर्देशक … Read more

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि … Read more

वनमन्त्रीद्वारा मुगु भीई गुरा देउताको मन्दिर शिलान्यास

काठमाडौ, मंसिर १९ गते । नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुगु भीई प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गर्नुभएको छ । जिल्ला भ्रमणको सिलसिलामा बुधबार दुर्गम बस्ती भीई गाउँ पुगेर मन्त्रीले प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गर्नुभएको हो । प्राचिन धार्मिक पौराणीक ऐतिहासिक महत्व रहेको गुरा देउता मन्दिर अब आधुनिक कलात्मक शैलीमा निर्माण … Read more

चितवनमा रवि लामिछानेको दोस्रो दिनको बयान सुरु

१९ मंसिर, काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी रहेको … Read more

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना

हेटौँडा, मङ्सिर १९ गते । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । हेटौँडा–सिन्धुली सडकअन्तर्गत आज बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो । हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ भने … Read more

एनपीएलः काठमाडौंले कर्णालीलाई हरायो

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ। कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४० रन बनाए। कप्तान करन केसीले आक्रामक … Read more

चितवनमा प्रहरी र रविका समर्थकबीच मुठभेड

काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच मुठभेड भएको छ । रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले पनि लाठीचार्ज गरेको छ । चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदर्शन नियन्त्रण गर्न तीन तहमा प्रहरीहरु खटाइएका … Read more

‘पुष्पा २’ का कारण ‘पूर्णबहादुरको सारंगी’को शोमा भारी कटौती

विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले एक महिनाको यात्रा पार गरिसकेको छ। यस फिल्मले नेपालमा ५० करोडको व्यापार गर्दा विदेशमा २५ करोड कमाइ गरेको छ। यस फिल्मले प्रदर्शनको पाँचौं सातासम्म पनि हलहरुबाट राम्रो शो पाएको छ। आज पनि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाभरि २७ शो उपलब्ध गराएको छ। त्यसैगरी बिग मुभिजले ५, वान … Read more

ककनी-२ का नवनिर्वाचित वडाअध्यक्ष घिमिरेले सम्हाले कार्यभार

नुवाकोट। ककनी गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा अध्यक्ष कृष्ण घिमिरे मिलनले मंगलबार पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका छन्। मंगलबार ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ समक्ष शपथ लिएका नवनिर्वाचित वडाअध्यक्ष घिमिरेले वडा कार्यालय पुगेर पदभार सम्हालेका हुन्। वडा कार्यालयमा वडाअध्यक्षको कार्यभार सम्हाले लगत्तै बसेको वडा सदस्यसहितको बैठकमा घिमिरेले लामो समयदेखि समस्याका रुपमा … Read more