कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ ७४२ मत प्राप्त गरी विजयी भएका हुन् । बानियाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ भोट पाइन् । यस्तै, माओवादीका नारायण विष्टले २८७ मत प्राप्त गर्दा एमालेका बद्री बुढाथोकीले … Read more

लालीगुराँस नगरपालिकामा नेपाली कांग्रेस विजयी

तेह्रथुम, मंसिर १७- तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु ४४० मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका बुद्ध बहादुर लिम्बुले ३६० मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जिब खड्काले ३८ मत ल्याएका छन्।

प्रतितोला १२०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ, मंसिर १७- नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको हो। योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

‘म्याजिक नम्बर’ कायम राख्दै उपनिर्वाचनमा माओवादीको आश्चर्यजनक बढोत्तरी

स्थानीय तह निर्वाचन–२०७९ मा विजय हासिल गरेका अधिकांस वडाहरु आइतबार (१६ मंसिर) मा भएको उपनिर्वाचनमा गुमाएपनि अन्य पार्टीले जितेका वडाहरु खोसेर आफ्नो सिट संख्या कायम राख्न माओवादी सफल भएको छ। २०७९ को आम निर्वाचनमा माओवादीले केन्द्रले जितेका ६ (एक निर्विरोधसहित) वटा वडामा यसपटक उपनिर्वाचन भएको थियो। त्यसमध्ये रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ मा माओवादी केन्द्रका … Read more

औपचारिक भ्रमणका लागि प्रधानमन्त्री चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल सोमबार साँझ पाँच बजे चीनको बेइजिङ पुग्दैछ।दुईपक्षीय भेटवार्ता भने मंगलबारमात्रै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ,  चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य … Read more

एनपीएलः काठमाडौँले विकेट गुमाएको गुमायै, गइसक्यो ६

चितवन,मंसिर १७- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौ गुर्खाजले १४ ओभरमा ७४ रन बनाउँदा ६ विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौले १४ औँ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ। रासिद खान ४ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ११ औँ … Read more

नलगाडको उपप्रमुखमा माओवादीका केन्द्रका देवका लामिछाने विजयी

जाजरकोट, मङ्सिर १७ गते ।  नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजय हुनु भएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर  उपप्रमुख पदमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ईन्द्रचन्द सिंहले ३ हजार १४७ मत ल्याउनु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी नेकपा एमाले … Read more

तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ११२ रनको चुनौती दिएको छ। सोमबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १११ रन बनाएको हो। काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। क्रिजमा टिकेर खेलका महर्जनले ४१ बलको … Read more

एनपीएल : आठ टिमका यी हुन् ४० विदेशी खेलाडी

काठमाडौं – जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । ती टिमहरू हुन् – काठमाडौं गुर्खाज, विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स !यी सबै टिमले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तर, एक खेलमा चार विदेशी खेलाडीले मात्रै खेल्न पाउँछन् । त्यसैले, … Read more

कीर्तिपुर मतगणना अपडेट: कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

काठमाडौं। आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३३ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ। काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ।सोमबार बिहान ९:३० बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्। कांग्रेसका डंगोलले अहिलेसम्म १३१६ मत ल्याएका छन्। यहाँ नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले … Read more