प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जोनटनले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उपसचिव अम्बिका जोशीलगायत सहभागी थिए ।

दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइयो

४ मंसिर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले वीरमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनका अनुसार उनीमाथि प्रधानमन्त्री … Read more

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ, मंसिर ४- प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्नुभएको छ । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उहाँले सम्मान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले शारीरिक सुगठनलाई खेलकुदका रुपमा विकास गर्न … Read more

उपनिर्वाचन हुने स्थानीय तहलाई भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न निर्देशन

काठमाडौं। निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ।सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन्। त्यस्तै आयोगले मतदान केन्द्र राखिएका ठाउँको संरक्षण … Read more

कोशीमा पहिचान पक्षधरहरुद्वारा पुनः आन्दोलन घोषणा

विराटनगर। कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संर्घष समितिले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ। प्रदेश १ पुनः नामाकंन संयुक्त संर्घष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चैत्र १० गते भित्र कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकन प्रक्रिया शुरु नगरे प्रदेश सांसदलाई निषेध गर्ने देखि प्रदेश सभा घेराउ, … Read more

विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि

विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि गर्ने उद्देश्यले १२ वटा उद्यमका प्रतिनिधिसहित ३२ जनाको सहभागितामा दुबईमा नोभेम्बर १८ (बि.सं. २०८१ मंसिर ३ गते) “Middle East Organic and Natural Products Expo Dubai – 24″ आयोजित नेपाल पेभेलियनको दुवइका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री ज्यूकोे समउपस्थितिमा उदघाटन भएको छ । उदघाटन … Read more

उपनिर्वाचन : भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न आयोगको निर्देशन

काठमाडौं–  निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरू मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् । त्यस्तै आयोगले मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, … Read more

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लिन स्वीप

काठमाडौं–  अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लिन स्वीप गरेको छ ।सोमबार सिरिजको तेस्रो खेल अस्ट्रेलियाले ७ विकेटले जितेसँगै सिरिज क्लिन स्वीप गरेको हो । यस खेलमा पाकिस्तानले दिएको ११८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अल आउट हुँदै ११७ रन बनाएको थियो । अस्ट्रेलियाले यसअघि सिरिजको पहिलो खेल २९ रनले र दोस्रो … Read more

चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन … Read more

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण

उत्तरप्रदेश (अयोध्या), मङ्सिर ३- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ ।विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समाराहेमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी—बेटीकोसम्बन्ध रहेकाले … Read more