बसबाट खसेर दुई जनाको मृत्यु

काठमाडौं, मङ्सिर १५ गते ।  काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा.४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र ताँदी गाउँपालिका–१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा रहेको … Read more

बिआरआईको विषयले सरकारमा समस्या आउँदैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं, मङ्सिर १५ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबिच फरक मत नरहेको बताउनुभयो । अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उहाँले कांग्रेस अहिले अनुदानकै … Read more

नेकपा एसका सम्मानित नेता खनाल चीन प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्। पूर्वप्रधानमन्त्री खनालसहित पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन प्रस्थान गरेका छन्। खनाल नेकपा एसका विदेश विभाग प्रमुख पनि हुन्।उत्तरी छिमेकी मुलुक चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन खनाल साताव्यापी भ्रमणको लागि गएका हुन्। नेता खनालले … Read more

भीमादमा इलाका प्रशासन कार्यालय राख्न माग

तनहुँ, मङ्सिर १५ गते । तनहुँको भीमाद बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै जिल्लाबासीले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । तनहुँका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरु सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका हुन् । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका … Read more

एनपीएल मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

१५ मंसिर, काठमाडौं । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको  सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन … Read more

‘मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण प्राथमिकतामा’

कैलाली – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउर ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गरे ।मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु … Read more

प्रधानमन्त्रीको भ्रमणपछि चीनको सहयोग थप विस्तार हुनेछ : परराष्ट्र मन्त्रालय

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालले बीआरआई लगायतका परियोजनाका विषयमा पनि छलफल भइरहेको बताए । ‘खासगरी कनेक्टिभिटी, ट्रेड, इन्भेष्टमेन्ट, टुरिजम, इन्फ्रा इस्ट्रक्चर डेभलपमेन्ट, एग्रिकल्चर लगायतका सहयोगका क्षेत्रमा यसपटक थप छलफल हुनेछ … Read more

सन्दर्भ विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत  एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा.सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ … Read more

थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित

एजेन्सी – दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान मृत्यु भएकाृ छ । यस्तै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले बताएका छन् । उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताए । स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ । … Read more

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक, १ करोडबढी राजस्व संकलन

रसुवा– हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ । लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले जनाएको छ । … Read more