सन्दर्भ विश्व एड्स दिवसः नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ, १५ मङ्सिरः नेपालमा सन् २०२३ मा ९१ प्रतिशत  एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र … Read more

स्पेसएक्स र स्वार्थको टकरावले डाेनाल्ड ट्रम्प- एलनमस्कको मित्रता समाप्त भएमा के हुनेछ?

काठमाडौँ, १५ मङ्सिरः  अमेरिकी राष्ट्रपति चुनावमा निर्वाचित डाेनाल्ड ट्रम्प र संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको बढ्दो मित्रताबारे धेरै लेखिएको छ। पहिले अनौठो देखिएको यो जोडीको सम्बन्ध अहिले आएर मित्रतामा मात्रै बदलिएको छैन, मस्कका लागि नयाँ अवसरमा परिणत भएको छ। केही साताअघि दुवैलाई फ्लोरिडाको पाम बिच, न्युयोर्कमा आयोजित अल्टिमेट फाइटिङ प्रतियोगिताको रिङसाइडमा र एउटा जेटमा … Read more

विराटनगर १९ ओभरमा अलआउट हुँदा जनकपुरलाई १२८ रनको लक्ष्य

काठमाडौँ, मंसिर १५- नेपाल प्रिमिर लिगको उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुरले १९ ओभरमा अलआउट गरेको हो । यो सँगै जनकपुरले १२८ रनको लक्ष्य पाएको छ ।

राजनीतिमा आउने नयाँ अनुहार लोकतन्त्रका कोपिला हुन् फुल्न दिऔँ : प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरूलाई फुल्न दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरू राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी … Read more

बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार

धरान (सुनसरी),मंसिर १५- जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उहाँले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाउनुभएको हो । श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा … Read more

दुई करोड ४३ लाखको लागतमा खानेपानी सुविधा

काठमाडौँ, १५ मङ्सिरः  दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ । लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पु¥याइएको हो । पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत रु ६५ लाख, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको रु ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत रु ४३ लाख ९० हजारका विद्युतीय सामग्री एवं स्थानीय … Read more

झलनाथको आरोप, ‘चीनले अनुदानमा बनाइदिएको उद्योगधन्दा बेचेर खाने साथीहरू यिनै हुन्’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाएको आरोप लगाएका छन् । चीन भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जुन नेताले आज चीनबाट अनुदानमा मात्र बीआरआई ल्याउनुपर्छ भनिरहेका छन् ती नेताहरूले नै विगतमा चीनको अनुदानमा बनाइएको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएका हुन् … Read more

अर्थमन्त्रीको स्वीकारोक्ति-औद्योगीकरणमा फड्को मार्न सकिएन

१५ मंसिर, बुटवल । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले मुलुकले औद्योगीकरणमा फड्को मार्न नसकेको बताएका छन् । रुपन्देही उद्योग संघले संघको ४७औं वार्षिकोत्सव एवम् औद्योगिक दिवसको अवसरमा बुटवलमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगिकरणमा फडको मार्न नसक्नु कमजोरी भएको स्वीकार्दै अब तीव्र गतिमा औद्योगिकरणमा जानुपर्ने बताए । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर … Read more

सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको छैनः प्रचण्ड

काठमाडौं,मंसिर १५- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नभएको दाबी गरेका हुन् । केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष … Read more

भारतमा आँधीका कारण विद्यालय बन्द

काठमाडौँ, १५ मङ्सिरः  भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ ।चक्रवात फेङ्गलले ७०–८० किलोमिटर प्रति घण्टा को हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको  भारतको मौसम ब्यूरोले जनाएको छ । पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय … Read more