‘मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ’

भक्तपुर, मङ्सिर १- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताउनुभएको छ । नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताउनुभयो । उहाँले भन्नभयो, “ नेकपा … Read more

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, मङ्सिर १- नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउनुभएको छ । बाँके उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग … Read more

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । … Read more

आज २०८१ साल मंसिर १ गते शनिवार,यस्तो छ तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नुका साथै नयाँ मिटिङको लागि पनि उत्तम समय रहेको छ । आफूले गरेको कार्यमा उच्च अधिकारीको सहयोग मिल्ने योग रहेको छ। आजको यात्रा सफलतादायक रहनेछ भने जीवन साथीबाट उपहार मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ । … Read more

आजदेखि काठमाडौंमा एपिएफ-एसएसबी आठौं समन्वयात्मक बैठक

काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौंमा ‘एपिएफ-एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका … Read more

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको … Read more

डिजल र मट्टीतेलको मुल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ। निगमको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो। निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौंमा डिजल तथा मट्टीतेलको प्रतिलिटर १५३ रुपैयाँ पर्ने भएको छ। निगमले भारतको इण्डियन आयल कर्पोरेसनबाट … Read more

एनपिएलको प्रसारण स्टार स्टारस्पोर्ट्समा हुने, प्रायोजकमा सिद्धार्थ बैंक

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई … Read more

कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

बाकु। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ। सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ। वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा … Read more

सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा

  काठमाडौँ, कात्तिक  ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ । सिंहदरबारमा शुक्रबार सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको … Read more