उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताएका हुन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपनिर्वाचनका लागि सरकारले सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकेको स्पष्ट पारे। गृहमन्त्री लेखकले निर्वाचन नजिकिएको समयमा स्थानीय तहको प्रमुख कार्यकारी सरुवा गरिएका विषयमा आफूले समान्य प्रशासनमन्त्रीसँग जानकारी लिएको स्पष्ट पारे। सांसद गगनकुमार … Read more

हेलो रोबोट ! तिम्रो नाम के हो ?

काठमाडौँ, कात्तिक ३०- हेलो रोबोट ! तिम्रो नाम के हो ? न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोध्नुभयो । मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो । कार्कीले सुनेर रमाइलो मान्दै अरु थप जिज्ञासा राख्न थाल्नुभयो । यतिबेला बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा भइरहेको ‘स्टार्टप एण्ड आइडिया फेस्ट–२०२४’ मा रोबोटसँग भलाकुसारी गर्न … Read more

विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने

चितवन, कार्तिक ३०– भरतपुर महानगरपालिकाले विश्वकपमा पुग्न सफल नेपाली महिला यु–१९ क्रिकेट टिमलाई सम्मान गर्ने भएको छ । नेपाल चिकित्सक संघको आयोजनामा सुरु भएको प्रथम एनएमए स्पोर्ट्स फेस्ट २०८१ को उद्घाटन गर्दै प्रमुख रेनु दाहालले भरतपुरमा भएको क्रिकेट प्रतियोगितामा सहभागी भएका ११५ जना मध्येबाट अन्तिम १४ मा छनोट भएर एशिया छनोट हुँदै विश्वकपमा पुग्न सफल … Read more

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसले गर्ने

काठमाडौँ, कार्तिक ३०– नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारण भारतीय चर्चित च्यानल स्टार स्पोर्टसले गर्ने भएको छ । क्यानले आज औपचारिक रुपमा स्टार स्पोर्टस अफिसियल ब्रोडकास्ट पार्टनर रहेको जानकारी दिएको हो । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा कुल ८ वटा फ्रेन्चाइज टिमहरु रहेका छन् । यस लिगमा … Read more

म प्रधानमन्त्री हुँदा भन्दा अहिले कम्फर्टेबल फिल गरेको छु, रिल्याक्स छुः प्रचण्ड

काठमाडौँ, कात्तिक ३०- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन्।शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘कतिपयलाई फेरि प्रचण्डलाई सरकार छाडेको चिन्ता, पीडा भएको छ भन्छन्। त्यो चाहिँ होइन। विल्कुल होइन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले … Read more

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

काठमाडौँ, कात्तिक ३०- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उहाँले भन्नुभयो, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।” उहाँले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् … Read more

गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन्। गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य … Read more

हिमाल हेर्न कोखेडाँडा

पर्वत। मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन्। छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ। म्याग्दीको पुनहिलभन्दा … Read more

दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते

काठमाडौं। दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ।मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका-५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो। दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा … Read more

रवि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं, कात्तिक ३०- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई आज पुनः पोखरा लगिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा हिजो (बिहीबार) साँझ बयान सकिएको थियो । बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर … Read more