खुला विश्वविद्यालयको तालाबन्दी : निर्णय लिन कार्यकारी परिषद्को बैठक बस्दै

१३ मंसिर, काठमाडौं ।  खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले ताला लगाएपछि माग सम्बोधन गर्न कार्यकारी समितिको बैठक बस्ने भएको छ । स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने, सेवासुविधाको व्यवस्था हुनुपर्ने माग राखेर प्राध्यापक र कर्मचारीले ताला लगाएका हुन् । ‘आज बैठक बस्ने तयारी छ । बैठक बसेर शिक्षक कर्मचारीको मागको विषयमा छलफल गर्छौं,’ रजिस्ट्रार गोविन्दसिंह विष्टले भने … Read more

विप्लव र प्रकाण्डले किन भेटे देउवालाई?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ। नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटबार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय … Read more

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् ।  मन्त्री राणा मङ्सिर  १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ । राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग … Read more

उपनिर्वाचन: तिलागुफा–६ मा तयारी पूरा

मान्म(कालीकोट), मंसिर १३- कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ वडाध्यक्ष पदको यही मङसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा –४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि एक जना मतदान अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, दुई जना … Read more

एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद

काठमाडौं, मंसिर १३- नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन् । कर्णालीले वाल्टन र हायातसहित … Read more

फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति?

काठमाडौँ-  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।बुधबार प्रतितोला नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको … Read more

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी,मंसिर १३- गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि रु. एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि रु. एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा … Read more

सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त

इनरुवा (सुनसरी), मंसिर १३- सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई साह कसरी धान काट्न र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्ने चिन्ता थियो । उहाँजस्तै गढी–६ कै … Read more

मकवानपुरमा कन्टेनर पल्टिँदा चालक घाइते, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हेटौँडा, मंसिर १३- पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ। वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहीबार (आज) बिहान १०र३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट … Read more

आँधीखोला र फेदिखोलाबासीलाई मोबाइलबाटै जलवायुको अग्रिम खबर

स्याङ्जा, मङ्सिर १३ गते ।  स्याङ्जाको आँधीखोला र फेदिखोला गाउँपालिकाका बासिन्दाले जलवायुको बारेमा मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । प्रदेशमै पहिलो पटक जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमको बारेमा मोबाइलबाटै खबर पाउने भए हुन् । आक्स नेपालले युएसआडीको जल जङ्गल परियोजना मार्फत दुई पालिकामा जलवायु मापन यन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो … Read more