बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ

वासिङटन डीसी, मंसिर १३- अमेरिकामा माइकल सुलिभान नाम गरेका एक जना पुरुषले म्यासाचुसेट्सको एक जेलमा २७ वर्षभन्दा बढी समय बिताए । आफूले गर्दै नगरेको हत्याका लागि उनी त्यतिका वर्ष जेलमा बस्नु पर्यो । हत्या मामिलामा नयाँ ट्रायल शुरु भएपछि नयाँ डीएनए प्रविधिले उनी निर्दोष साबित भए । त्यसपछि सन् २०१३ मा उनी रिहा भए । … Read more

मर्मतपछि पुल सञ्चालन

गोरखा, मंसिर १३- गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ । गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोषबाट … Read more

बाल सुधारगृहलाई समायानुकूल सुधार गर्न सुझाव

नेपालगञ्ज, मंसिर १३- बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ । सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे बैठकले … Read more

कफीको मूल्य सन् १९७७ यताकै उच्च

काठमाडौँ, मंसिर १३- यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ। न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउन्डको मूल्य तीस वर्षको उच्च मूल्य स्तर पार गर्दै ३२०.१० अमेरिकी सेन्टसम्म पुगेको छ। ब्राजिलमा उत्पादन हुने अरेबिका कफीको मूल्य सन् १९७७ मा अहिलेसम्मकै उच्च ३३७.५० अमेरिकी सेन्ट … Read more

पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का

सोलुखुम्बु, मंसिर १३ जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट … Read more

सर्वोच्चद्वारा दुर्गा प्रसाईंको रिट खारेज

काठमाडौँ- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गरिदिएको छ।सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ।  तर आदेश के भन्ने खुलिसकेको छैन। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्ने आदेश दिएको हो । सर्वोच्चको आदेशपछि उनी थुनामै रहने भएका छन्।सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान … Read more

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, रिट खारेज

काठमाडौं,मंसिर १२- सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट खारेज गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त आदेश गरेको हो ।  प्रहरी हिरासतमा रहेका प्रसाईंका हकमा उनका छोरा निराजन प्रसाईंले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमाथि … Read more

‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

काठमाडौँ,मंसिर १२- यसवर्षको ‘सिविन – नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ । बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान अर्पण गरेको हो । नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ । साथै नगरपालिकाले आफ्ना … Read more

दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका … Read more

सहरी विकास मन्त्रालयका सचिव गेलाल सेवानिवृत्त

काठमाडौं, मङ्सिर १२ गते ।  सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उहाँलाई बिदाइ गर्नुभएको हो । २००५२ सालमा सेवा प्रवेश गर्नुभएका गेलाल ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुनुभएको छ । उपप्रधान एवम् सहरी विकास मन्त्री सिंहले सचिव … Read more