विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

महेन्द्रनगर (धनुषा), मंसिर १२- मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी कडरियाले रासससँग कुरा गर्दै भन्नुभयो, “विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका … Read more

कार्यदलले पेस गरेका प्रतिवेदन माओवादी पदाधिकारी बैठकद्वारा अनुमोदन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुईवटा कार्यदलले पेस गरेको प्रतिवेदन अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सुझाव प्रतिवेदन अनुमोदन गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंसिर ४ गते बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको  थियो । जसमा महासचिव … Read more

प्रधानमन्त्रीलाई रास्वपाले भन्यो– रविलाई छिटो अदालत पेश गर

१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्‍याउन सरकारलाई आग्रह गरेको छ । प्रहरीले हिरासत बसाई लम्ब्याएको र अनुसन्धान गर्ने भन्दै एक पछि अर्को जिल्लामा सभापति लामिछानेलाई पठाइएको रास्वपाको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार सिंहदरबारमा भेटेका रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सबै मुद्दा छिटो … Read more

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छः मन्त्री पौडेल

चितवन, मंसिर १२- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उहाँले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राख्नुभयो । अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री … Read more

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल

काठमाडौं, मङ्सिर १२ गते । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले बालुवाटारमा प्रधामन्त्रीलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा … Read more

ऋणको भार नथपिने गरी बीआरआई कार्यान्वयनमा लगौं : कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट ऋणको भार नथप्ने गरी अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ।बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि उक्त कुरा बताएका हुन्। ‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो। बीआरआईअन्तर्गतको … Read more

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ, मंसिर १२- ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि … Read more

महोत्तरी र पर्साका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

१२ मंसिर, काठमाडौं गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन् ।मन्त्री लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन् । कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई … Read more

स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्था र प्रभावकारी बनाइने बताएका छन् । बुधबार चितवनमा आयोजित कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय बलबहादुर श्रेष्ठको १२ औं स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अझै पनि स्वास्थ्य बीमा कार्यक्रम पूर्ण हुन नसकेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए । कडा रोग लागेका बिरामीहरूलाई १ … Read more

एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन

काठमाडौँ । नेकपा एमालेले दरबारमार्गमा कार्यक्रम गर्दा जथाभाबी फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवानाको निर्णय गर्‍यो । उक्त जरिवानाको एमालेले विरोध गर्दै आएको छ भने काठमाडौँ महानगरपालिकाले कुनै पनि हालतमा तिर्नुपर्ने अडान लिँदै आएको छ । सोहीअनुसार महानगरको टोली जरिवानासम्बन्धी पत्र बुझाउन पार्टी कार्यालय च्यासल पुगेपनि एमालेले बुझ्नै मानेन … Read more