रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

माओवादीको आरोपः सरकारको सय दिन भ्रष्टाचारीको संरक्षण गरेर बित्यो

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले सरकारको एक सय दिन भ्रष्टाचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको आरोप लगाएको छ।माओवादीले बिहीबार पत्रकार सम्मेलन गरेर जनता र देशको अधिकतम हितमा केन्द्रित हुनुपर्ने समयमा सरकार बेलगाम बनेको हुँदा कार्तिक १० गते काठमाडौँमा खबरदारीसभा गर्न लागेको जनाएको छ। ‘सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर … Read more

पोखरामा सहकारी पीडितको प्रदर्शन, कांग्रेस-एमालेको अघोषित समर्थन

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीसहितका पीडितले बचत फिर्ता मागसहित प्रदर्शन गर्दैछन् ।बिहीबार बिहान ११ बजेदेखि पोखराको मुस्ताङचोकमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीका अनुसार आन्दोलनलाई कास्कीस्थित दलहरूले पनि ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले सहकारी पीडितको समर्थनमा अघोषित ऐक्यवद्धता … Read more

डा. शेखर कोइराला भन्छन्- वर्तमान सरकार परिवर्तन सोच्न सकिँदैन

विराटनगर नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बार सोच्न नसकिने बताएका छन्।बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशाेधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए। उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा … Read more

पर्यटनमन्त्री पाण्डेले सार्बजनिक गरे सय दिनका कामको विवरण, के के छन्?

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले पहिलो एक सय दिनको अवधिमा नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्वका कामहरु भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले आफुले सय दिनमा गरेका कामको विवरण … Read more

विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक: प्रधानमन्त्री

काठमाडौँ, कात्तिक ८- प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न … Read more

जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतामा राखी विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछः प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक ८- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो । “जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले … Read more

साथीहरू प्लेन किन्ने सोच्दै नसोच्नुस् भन्नुहुन्छ, तर त्यसको उपाय छैन : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको हवाई सेवाको सुनिश्चितताको लागि नयाँ जहाज थप्नुको विकल्प नभएको बताएका छन् । कार्यभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पाण्डेले प्रत्येक प्रदेशमा एक/एक जहाज ट्वीनटर जहाज किन्नुपर्ने बताए । यसबारे प्रदेशका पर्यटन मन्त्रीहरुसँगको छलफलमा समेत प्रस्ताव राखेको भन्दै … Read more

बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने

काठमाडौँ, कात्तिक ८- गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ । खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी पानी ल्याउनका लागि निर्देशन दिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को प्राविधिक … Read more

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

महोत्तरी, कात्तिक ८- दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेलौनासहितका माटाका भाँडा हाटका आकर्षण बनेका छन् … Read more