दुई पटक कारागारबाट भागेर भारत पुगेका विनायकलाई प्रहरीले गोली चलाएर समात्यो

विराटनगर, कात्तिक २३- सुनसरी प्रहरीले कारागारबाट भागेका कैदीलाई गोली प्रहार गरी पक्राउ गरेको छ । दुई पटक कारागारबाट भागेका इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो । विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी … Read more

निरौलालाई सांसदहरूको प्रश्न : अदालतप्रति भरोसा किन डगमगायो ?

काठमाडौँ । सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलालाई सांसदहरूले विभिन्न प्रश्न गरेका छन् । शुक्रवार संसदीय सुनुवाइका क्रममा निरौलालाई सांसदहरूले न्यायालयसँग जोडेर विभिन्न प्रश्न गरेका हुन्। सांसद जीवन परियारले निरौलालाई न्याय दिने प्रक्रियामा कर्मचारीबाट अदालतमा हुने असहयोगलाई कसरी हेर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।  ‘पञ्चायतकालमा समेत अदालतबाट न्याय पाईन्छ विश्वास थियो तर अहिले बहुदल आयो अदालतप्रति … Read more

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

काठमाडौं। गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउदै पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका हुन्। उनले भनेका छन्- ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा … Read more

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ। बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। “हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौं। उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढंगबाट छलफल गर्छाैं।” सह-महामन्त्री बुर्लाकोटीले भने, … Read more

बाँकेमा बस दुर्घटना, ५ जना घाइते

काठमाडौँ, कात्तिक २३- बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित पन्ध्रखोला भन्ने ठाउँमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु २ ख ५७८५ नम्बरको बस शुक्रबार बिहान ११ः३५ बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार, गाडीको पछाडिको टायर पन्चर भएर सडकको दायाँतर्फ पल्टिएको थियो। घटनामा परी घाइते हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–१ का अन्दाजी ३६–३६ … Read more

उपनिर्वाचनको तयारीमा कांग्रेस : बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै

काठमाडौँ । मङ्सिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग छलफल गर्दैछ । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो । समिति सदस्य तथा  स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ … Read more

बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

काठमाडौं। बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा … Read more

चीनसँग बीआरआई सम्बन्धि कुनै पनि सम्झौता नगर्न सरकारमाथि दबाव

काठमाडौं। असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली डिसेम्बर महिनामा छिमेकी मित्रराष्ट्र चीनको राजकीय भ्रमण गर्ने तय भएको छ। सामान्यतया नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने प्रचलन भएपनि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण चीनबाट हुने तय भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि त्यस विषयमा निकै चासो र चर्चा हुन … Read more

रूपन्देहीमा सशस्त्र प्रहरी र राजस्व टोलीमाथि आक्रमण

३ कात्तिक, बुटवल । रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले अवरोध पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको थियो । प्रहरीले भने तस्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा … Read more

ऊर्जा राज्यमन्त्रीसहितका १३ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं– विभिन्न १३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन समेत कालोसूचीमा परेको हो । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै रामेछापबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेस नेता एवम् राज्यमन्त्री तामाङको कम्पनी २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो । सार्वजनिक … Read more