चितवन दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो

चितवन, कात्तिक २३- नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार माइक्रो बसका चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको नामथर वतन अझै नखुलेको प्रहरीले बताएको छ । मुग्लिङबाट … Read more

लामिछानेलाई ३ महिनासम्म हिरासतमा राख्ने बाटो खुलाइयो, अब तिहारपछि मात्रै अदालत उपस्थित गराइने

काठमाडौँ – कात्तिक २ गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेलाई छिटो बाहिर ल्याउन पार्टी नेता कार्यकर्ताले हारगुहार गरिरहेका छन्। राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले सडक आन्दोलनसमेत गर्दै आएका छन्। मंगलबार बालुवाटार नै पुगेर रास्वपाका नेता कार्यकर्ताले सभापति पक्राउको विरोधमा प्रर्दशन गरे। … Read more

सहकारी प्रकरणमा धनराज गुरुङमाथि अनुसन्धान हुन्छः गृहमन्त्री लेखक

काठमाडौं,कात्तिक १४- गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तथ्य प्रमाण हेरेर सबैमाथि अनुसन्धान हुने उनको भनाइ छ । उनले भने, ‘सहकारीको रकम अपचलनमा धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ, यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम … Read more

रंगशालाको गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । साँझ १८ः ३० बजे नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदै छ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रंगशाला जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार … Read more

दाङमा कार दुर्घटना : एक जनाको मृत्यु

घोराही, कात्तिक १४ गते । दाङमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भन्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४५ वर्षीय कर्णबहादुर थापाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला … Read more

लुम्बिनी प्रदेश सरकारको सय दिनमा एकसय एक उपलब्धि

अर्घाखाँची, कात्तिक १४ गते । लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एकसय दिनको अवधिमा सम्पादन भएका एकसय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गर्नु भएको हो । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रूपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई … Read more

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

काठमाडौँ, कात्तिक १४- गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् । नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले … Read more

प्रचण्डलाई वलीको सुझाव– नढाँटीकन माओवादी आन्दोलनबारे किताब लेख्नोस्

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी आन्दोलनको कमजोरीलाई केलाएर किताब लेख्न सुझाव दिएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई किताब लेख्न सुझाव दिएका हुन् । प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गरेकोमा धन्यवाद दिँदै उनले … Read more

धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप

इनरुवा, कात्तिक १४ गते ।  सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् । दसैँ अगाडिको वर्षा र बाढी तिहारको मुखमा भित्र्याउने तयारीमा जुट्नुपर्ने किसानले धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोपको सामना गर्न बाध्य हुनुपरेको छ । इनरुवा नगरपालिका–९ बबियाको विघौविघा खेतमा पाक्नै लागेको धानमा बाला काट्ने, … Read more

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौँ, कात्तिक १४- तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ … Read more