दुई देशबिचको सम्बन्ध अझ सुदृढ बनाउन छलफल

काठमाडौँ, कात्तिक ४ गते  प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवम् सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबिचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको … Read more

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छः जनार्दन शर्मा

चितवन,कात्तिक ३- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताउनुभएको छ । शनिवार चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता … Read more

प्रत्यक्ष निर्वाचित कार्यकारी विना विकास र समृद्धि असम्भव छ : डा भट्टराई

 नेपाल समाजवादी पार्टीका केन्द्रीय संयोजक डा‍. बाबुराम भट्टराई देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदल र पछौटेपन हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जरुरी भएको बताउनुभएको छ। पोखरामा शनिबार नेपाल समाजवादी पार्टीको महाधिवेशन आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा शासन प्रणालीमा परिवर्तन नगरी देशको विकास र समृद्धि सम्भव नहुने विचार राख्नुभयो। “नयाँ संविधान बनेपछि पनि उही पुरानै … Read more

रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला, अझै ठूलो हुन्छः तोसिमा

पोखरा, कात्तिक ३- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपा सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। शनिबार कास्कीमा आयोजित विरोध कार्यक्रममा बोल्दै कार्कीले रवि लामिछानेलाई जेल हालेर रास्वपा नसकिने बरू अझै बलियो र शक्तिशाली भएर आउने बताएकी हुन्। ‘प्रधानमन्त्री ज्यू ! रवि लामिछानेलाई जेल हालेर … Read more

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्‌मा छन्

काठमाडौं, कात्तिक ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाएका छन् । सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले बदलाको भावनाले सरकार अघि बढेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी … Read more

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

काठमाडौँ, कात्तिक ३ गते ।  सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा शनिबार जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा … Read more

‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’: डिपी अर्याल

कास्की, कात्तिक ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ ।सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभयो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड … Read more

रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

काठमाडौँ, कात्तिब ३- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए ।

रास्वपाको भूमिका देखेर तर्सिएको सत्ता गठबन्धन डराएर रविलाई पक्राउ गर्‍योः स्वर्णिम

काठमाडौं, कात्तिक ३- सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने चाँडै रिहा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले बताएका छन् । शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधनका क्रममा वाग्लेले चाँडै रिहा भएर लामिछानेले पार्टीको नेतृत्व अझ सशक्त ढंगले गर्ने दाबी गरे । उनले सत्ता गठबन्धन आफूहरूसँग डराएकै कारण लामिछानेलाई पक्राउ गरिएको जिकिर … Read more

अब ट्राफिक नियम उल्लंघनको कारबाही सम्बन्धित ठाउँमै डिजिटल भुक्तानी

काठमाडौं, कात्तिक ३- ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन् । प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै … Read more