काठमाडौं, कात्तिक ३-
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने चाँडै रिहा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले बताएका छन् । शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधनका क्रममा वाग्लेले चाँडै रिहा भएर लामिछानेले पार्टीको नेतृत्व अझ सशक्त ढंगले गर्ने दाबी गरे ।
उनले सत्ता गठबन्धन आफूहरूसँग डराएकै कारण लामिछानेलाई पक्राउ गरिएको जिकिर गरे । उनले संसद्मा आफूहरूको भूमिका देखेर पनि सत्ता गठबन्धन तर्सिएको उनको दाबी छ ।