भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्ने : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्व तहबाट पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् । भ्रष्ट्राचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का बारेमा आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताए। उनले वडा तहमा हुने भ्रष्ट्राचार उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेमा जोड दिए। उनले भने, … Read more

अहिले नै सरकारलाई गलहत्त्याउने पक्षमा छैनौँ: प्रचण्ड

काठमाडौं,कात्तिक १०- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै गलहत्त्याउने पक्षमा आफूहरू नरहेको बताएका छन् । सरकारलाई तत्काल हटाउन आफूहरूले खबरदारीसभा नगरेको उनले दोहोर्‍याए । शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारीसभामा उनले सडकबाट सरकार फेर्ने भन्ने नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वलाई परेको भए त्यो भ्रम मात्र … Read more

माओवादीले सरकारलक्षित खबरदारी सभा देशभर डाक्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले सरकारलक्षित खबरदारीसभा देशव्यापी बनाउने भएको छ ।काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा सो पार्टीका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले  खबरदारी सभालाई देशव्यापी बनाउने बताएका हुन् । दाहालले काठमाडौंमा आयोजना गरिएको खबरदारी सभाकै प्रकृतिका सभा आयोजना गर्ने कार्यतालिका बनाएर पार्टीका तल्लो तहलाई परिपत्र गर्ने तयारी गरिएको बताए । … Read more

प्रचण्डले भने – खबरदारी सभा कसैलाई बचाउनका लागि होइन

१० कात्तिक, काठमाडौं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् … Read more

भाटभटेनी प्रचण्डको हो भनेर हैरान पार्थे, ओलीले प्रष्ट पारिदिनुभयो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एउटा हैरानी प्रधानमन्त्री केपी शर्मा ओलीले सल्टाइदिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भाटभटेनी प्रचण्डको हो भन्ने आरोप आफूले वर्षौंदेखि खेपिरहेकोमा प्रधानमन्त्री ओलीले यसपालि क्लियर गरिदिएको बताएका हुन्। उनले ललितानिवासको सरकारी जग्गा प्रकरणमा कारबाही चलाइरहँदा पनि भाटभटेनी प्रचण्डको हो भनेर आफूलाई हैरान पारेको … Read more

प्रचण्डले भने – खबरदारी सभा कसैलाई बचाउनका लागि होइन

१० कात्तिक, काठमाडौं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् … Read more

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : नेता कोइराला

काठमाडौँ, कात्तिक १० गते  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । … Read more

सरकारले गरिबी र भोकमरीबाट जनतालाई तड्पिन दिँदैन : प्रधानमन्त्री

काठमाडौँ, कात्तिक १०गते  प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति … Read more

सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे । ‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, … Read more

जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले कार्तिक ९ गते उद्धार गरेको छ ।उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् । उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए ।सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी … Read more