बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

बाँके, मंसिर १५– बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना … Read more

बाराको जीतपुरमा आगोमा जलेर एक महिलाको मृत्यु

बारा, मंसिर १५ गते । बारा जिल्लाको जीतपुरमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोलमा आगोमा जलेर एक महिलाको मृत्यु भएको हो । स्थानिय राजेन्द्र गिरिको श्रीमति ५५ वर्षिय विन्दा देवीले बिहिबार बेलुका आफ्नै कोठा भित्र शरिरमा आगो लगाएकी थिन् । मानसिक अवास्था ठिक नभएकी गिरिले … Read more

विरगञ्ज, कलैया र जीतपुरसिमरा भित्रका निजि विद्यालयहरुले १० प्रतिशतलाई छात्रवृत्ति दिन उच्चको आदेश

बारा, मंसिर ११ गते । विरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले भर्नाको कुल संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिन अदालतले आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जले यसतो फैसला सुनाएको हो । संघिय शिक्षा ऐन २०२८ को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ को नियम १५१ को अनुसार … Read more

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

काठमाडौँ, मंसिर ११- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । प्रधानमन्त्री प्रचण्डले … Read more

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, मंसिर ११- काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार … Read more

पूर्वराजाले पृथ्वी नारायण शाहको सालिक अनावरणपछि झापामा शक्ति प्रदर्शन

काठमाडौं, मंसिर ९- पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् । आजको कार्यक्रममा ८ … Read more

काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर २ करोड ठगी

काठमाण्डौँ, मङ्सिर ८- काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल सामाखुसी बस्ने ३३ वर्षीय नारायण सुवेदी रहेका छन् । मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेका सुवेदीले कार्तिक १८ गतेदेखि मङ्सिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड … Read more

आज मंसिर ८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ … Read more

बाराको पचरौतामा झन्डा मेलाको विषयमा झडप, प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

बारा । बाराको पचरौता नगरपालिकामा झन्डा मेला लगाउने विषयमा झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले आठ राउन्ड हवाई फायर समेत गरेको बुझिएको छ । पचरौता – ७ स्थित बेनौलीमा आयोजना हुन् लागेको झन्डा मेलाका क्रममा झडप भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए । डिएसपी न्यौपानेका अनुसार … Read more

छोराको कुटपिटबाट आमाको मृत्यु

मनहरी, मङ्सिर ५- मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ … Read more