आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ। विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका … Read more

बाढीपहिरो पीडितलाई माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

काठमाडौं नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल लगायतका सामग्री करिब ८० घर परिवारलाई उपलब्ध गराएका हुन् । शर्माले केही सामग्री आफैं वितरण गरेका थिए भने केही सामग्री वडा अध्यक्ष विष्णुमान महर्जनलाई हस्तान्तरण गरेको शर्माको सचिवालयले … Read more

तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग

दमौली (तनहुँ) तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लामा ६१ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत प्रभावित क्षेत्रमा ती योजना सम्पन्न भएका हुन् । जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी … Read more

चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै

काठमाडौँ, असोज २२- दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ ९भिएलआर० प्रतिवेदन तयार गरेको छ ।  दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो ।  ती … Read more

बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

सिन्धुली सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ पुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट पुगेका हुन् । उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे। … Read more

दसैँनाच हेरेर फर्कंदै गर्दा हात्तीको आक्रमणबाट युवकको मृत्यु

कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिका-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा २२ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ । गए राति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा बेलौरी–६, ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि … Read more

दैवीप्रकोप उद्धार कोषमा निजी क्षेत्रको १६ करोड सहयोग, कुनले कति दिए ? (सूचीसहित)

काठमाडौं असोज १० देखि १२ गतेसम्म भएको बर्षाका कारण आएको बाढी पहिरोले प्रभावितहरुलाई राहत दिने प्रयोजनका लागि कर्पोरेट क्षेत्रले सरकारी कोषमा १५ करोड ७९ लाख रुपियाँ सहयोग गरेका छन् । कर्पोरेट क्षेत्रमा सक्रिय व्यवसायिक घराना तथा कम्पनीहरुले प्रधानमान्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ७९ लाख ५० हजार रुपियाँ सहयोग गरेका हुन् । यो सोमबार दिउँसोसम्मको … Read more

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई। काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए। थप विवरण आउन … Read more

संसदीय मैत्री समूह गठनमा मिलेन भागवण्डा

काठमाडौं संघीय संसदलाई संसदीय मैत्री समूह गठनका लागि सकस परेको छ । मैत्री समूहको नेतृत्वमा राजनीतिक दलहरूका बीचमा भागवण्डा नमिल्दा समस्या भएको हो । संसद सचिवालयका अनुसार ४२ देशमा मैत्री समूह गठनको गृहकार्य भइरहेको छ । ‘पहिले संसदीय विषयगत समिति गठनको विषय महत्वपूर्ण थियो । त्यो भएपछि मैत्री समूह पनि गठन गरौं भनेर अगाडि बढेको … Read more

४३ युट्युब कारबाही गर्न प्रहरीलाई पत्राचार, तीन अनलाइन कालोसूचीमा

काठमाडौँ प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारबाहीका लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत … Read more