सरकार ढल्ने दिवा सपना नदेख्नु: प्रधानमन्त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन्।सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे। ‘हामीलाई काममा … Read more

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा

काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार कार्यदल बाहेक शीर्ष नेताहरू मात्र सहभागी हुनेछन् । राष्ट्रपतिका … Read more

कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने सपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक ७- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट … Read more

सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमै छन्ः प्रधानमन्त्री ओली

काठमाडौं,कात्तिक ७- प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारेका छन्। सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु भएको बताएका हुन्। “हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ … Read more

वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको छ: प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक ७- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताउनुभएको छ । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उहाँले उल्लेख गर्नुभयो । आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो सरकारले आफूले गर्छु भनेको करिब ७० … Read more

प्रधानमन्त्रीबाट सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे सम्बोधन

काठमाडौँ, कात्तिक ७- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उहाँले यस अवधिमा भएका प्रमुख कार्य अहिले सार्वजनिक गरिरहनुभएको छ । गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । नेपाल … Read more

सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो । सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसक्रममा … Read more

प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण

काठमाडौँ, कात्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । जिल्ला कमिटीका पदाधिकारीहरुले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाएको हो । मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको उल्लेख … Read more

प्रधानमन्त्रीको गुनासो- सरकारले गर्दै नगरेका कमजोरी देखाएर गलत प्रचार गरियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्दै नगरेका कमजोरीलाई पनि भ्रमपूर्ण शैलीमा प्रचार गरिएको गुनासो गरेका छन् ।बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रहसहित बालुवाटार पुगेको नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरसँग ओलीले यसो भनेका हुन् । ‘प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारी रुपमा … Read more

प्रहरीको छवि उच्च राख्दै नागरिकको सेवामा लाग्न महानिरीक्षक कुँवरको निर्देशन

काठमाडौं प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिएका हुन्। प्रहरी महानिरीक्षक कुँवरले … Read more