जंगीअड्डामा मनाइयो संयुक्त राष्ट्रसंघ दिवस

८ कात्तिक, काठमाडौं  संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । उनले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।समारोहमा … Read more

भरतपुर अस्पताललाई उत्कृष्टता पुरस्कार

भरतपुर,कात्तिक ८- वाग्मती प्रदेशमा सञ्चालित १३ अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको सूचिमा परेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य कार्यालयको कार्यसम्पादनको प्रदेशस्तरीय वार्षिक समीक्षाका आधारमा अस्पताललाई उत्कृष्टता अवार्ड प्रदान गरिएको हो । मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालका निर्देशक डा … Read more

स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

कपिलवस्तु कार्तिक ८ गते कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो । वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० … Read more

जग्गादानविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौँ, कात्तिक ८- मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सुनुवाइका लागि न्यायाधीश डाक्टर नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले जग्गादान गरेका थिए । विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौँको कीर्तिपुर … Read more

रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने

पोखरा, कात्तिक ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको छ।पार्टी उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको हो। गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन गरिराखेको छ।

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै

सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।रबिलाई पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो । रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आजै म्याद थपका लागि अदालतमा … Read more

लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो : डा. स्वर्णिम वाग्ले

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ। विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए। डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४-५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए। उनले भने-‘सरकारले मानमर्दन … Read more

नसरल्लाहका भाइ र उत्तराधिकारी हशिम सफिइद्दिनको पनि इसराइलले गर्‍यो हत्या

इसराइलले हिजबुल्लाहका वरिष्ठ नेता हशिम सफिइद्दिनलाई पनि मारिसकेको पुष्टि गरेको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै इसराइलले सेप्टेम्बर २७ मा हसन नसरल्लाह मारिएपछि प्रमुख हुने ठानिएका सफिइद्दिनलाई तीन हप्ता अघिको हमलामा मारिसकेको बताएको छ। नसरल्लाहलाई मार्न भन्दा ठूलो विस्फोट गराएको सो हमलामा सफिइद्दिन, सो समूहको गुप्तचर शाखाका प्रमुख अलि हुसेन हजिमा लगायत २५ जना हिजबुल्लाह नेता र … Read more

रवि लामिछानेका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे: कांग्रेस

काठमाडौं नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियाको प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ। बुधबार विज्ञप्ति जारी गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पोखराका सडकमा भइरहेका रास्वपा कार्यकर्ताको प्रदर्शनले नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय … Read more

चितवनका सीडीओ र एसपीको सरुवा,नयाँ सीडीओ प्रकाश पौडेल आउने

चितवन,कात्तिक ७- चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । चितवन आएको साढे चार महिनामा नै उनको सरुवा भएको हो । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सीडीओ यादवले पनि आफ्नो सरुवा भएको अनलाइनलाई बताए । उनले भने,सरुवा भएको कुरा साँचो हो,रास्वपाको प्रर्दशनमा प्रधानमन्त्रीकोे … Read more