घट्दै उपभोक्ता, बढेन आयात

७ कात्तिक, काठमाडौं सामान्यतया बढी वस्तु खपत हुने चाडबाड मुखमा वस्तु आयात बढ्नु विगतदेखिको प्रवृत्ति हो । तर, कोभिड महामारीयता यो प्रवृत्तिमा सुधार हुन सकेको छैन ।यस्तै प्रवृत्ति यसपालि चाडबाड मुखमा समेत देखिएको छ । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ । असोजमा १ खर्ब २८ अर्ब … Read more

आयात–निर्यात दुवै घट्यो, ३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

काठमाडौँ चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६/११ प्रतिशतले निर्यात घटेको छ । तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब … Read more

एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् । … Read more

सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल भएको उर्जामन्त्रीको दाबी

काठमाडाैं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारको १०० दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी गरेका छन्। आफ्नो एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले मन्त्रालयको नीति, योजना तथा कार्यक्रम र गतिबिधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाइएको र लक्ष्य अनुसार सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न … Read more

सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिलाई छोड्ने र रविलाई पक्राउ गर्नु भेदभाव : नारायणकाजी श्रेष्ठ

बिराटनगर नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन्। बुधबार विराटनगरमा संचारकर्मीहरु सँग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठूलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने जिकिर गरे। उनले आफूहरुले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारवाही हुनुपर्ने बताउँदै सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरुलाई छोड्ने … Read more

२४ घन्टामा भारतीय एयरलाइन्सका ७९ वटा जहाजमा बम रहेको झुटो सूचना

काठमाडौं, कात्तिक ७- भारतीय अखबार इन्डिया टुडेकाअनुसार सोमबारदेखि मंगलबारसम्मको २४ घन्टाको अवधिमा भारतका विभिन्न एयरलाइन्सका ७९ जहाजहरूमा बम भएको सूचना दिइएको थियो।बम रहेको सूचना अधिकांश अन्तर्राष्ट्रिय उडानका जहाजहरूमा पठाइएको र आन्तरिक उडानतर्फका जहाजहरूमा पनि बम रहेको सूचना प्रवाह भएको थियो। इन्डिगो एयरका २३ जहाज, भिस्ताराका अरू २१ वटा जहाज, अकासाका १२ र एयर इन्डियाका २३ … Read more

शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी (कञ्चनपुर), कात्तिक ७- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी … Read more

कञ्चनजङ्घामा १३ हिउँ चितुवा

काठमाडौँ, कात्तिक ७- कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र वन … Read more

बाढीले क्षति पुर्‍याएपछि बेथानचोक गाउँपालिकाको सेवा छतबाटै

७ कात्तिक, काभ्रे असोज दोस्रो साता आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाको भवनमा क्षति पुर्‍याएपछि छतमा बसेर सेवा दिन थालिएको छ । बाढीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यालयका विभिन्न शाखाका कार्यकक्षमा लेदो सहितको बाढी पसेर क्षति पुर्‍याएको थियो । पालिकाको कार्यपालिकाको भवनको एक तलालेदो सहितको बाढीले पुरेकोले हाललाई अत्यावश्यक कामहरु भवनको छतबाट सेवा प्रवाह … Read more

सरकारको १०० दिन : ओली सन्तुष्ट, देउवा खुसी

७ कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सन्तोषजनक रहेको बताएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाएका हुन् । शेयर बजारमा आएको सुधारका साथै अरु सूचकलाई देखाएर उनले अर्थतन्त्र लयमा आउन थालेको बताएका छन् । बाढी पहिरो लगायतका जनसरोकारका सवालमा पनि सरकारले काम गरिरहेको ओलीले … Read more