सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

गण्डकी, कात्तिक ४- सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका उहाँविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो । सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा … Read more

‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’ भन्दा पाँच गुणा बढी

काठमाडौं – फूलपाती अर्थात्‌ असोज २४ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पञ्जा ५‘, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुई फिल्मले सुरुवाती सात दिनको कमाइ सार्वजनिक गरेका थिए । ज्वाइँ साबले भने कमाइ सार्वजनिक गरेको थिएन । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको ‘छक्का पञ्जा-५’ ले सुरुवाती सात … Read more

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

पोखरा,असोज ४- पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११ः४५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र ५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरिएको छ । “५ जनाभन्दा बढी व्यक्ति … Read more

राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ: प्रधानमन्त्री

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय … Read more

पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ। सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, … Read more

निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन

काठमाडौँ, कात्तिक ४- जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् । सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित … Read more

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग

काठमाडौँ, कात्तिक ४- आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ । गृह श्रमिक सरोकार समाज नेपालले आज भृकुटीमण्डबाट र्‍याली निकालेर न्युरोड, वसन्तपुर हुँदै … Read more

कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

४ कात्तिक, पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट … Read more

प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी

पोखरा- पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ। महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधाज्ञा जारी गरेका हुन्। आदेश पालना नगर्नेलाई कानुनी कारबाही गर्ने … Read more

सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन,४० वटा झोलुंगे पुल

काठमाडौं शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले शहरी विकास … Read more