सिंहदरबारमा बैठक नै बैठक, एउटै प्रकृतिका निर्णय

काठमाडौँ  । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी पहिरो र डुबानमा झन्डै २ सय जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ताको सूचीमा छन् । विपद्पछिको उद्धार र राहतमा सरकारले चुस्त दुरुस्त ढङ्गले राज्य संयन्त्र परिचालन गर्न नसकेको आलोचना भइरहँदा सिंहदरबारमा भने दैनिक तीन चार वटा बैठक बसेर उस्तै र उही … Read more

प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी

काठमाडाैं। संसदीय सुनुवाई समितिमा सर्वाेच्चको प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा राउतविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएको हो। गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेपछि समितिले उजुरी आह्वान गरेको थियो। त्यस्तै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस … Read more

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्। सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन्। उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे। काठमाडौं महानगरपालिकाले गरिवलाई … Read more

मधेस प्रदेशमा बाढीमा परेर मृत्यु हुनेको संख्या ६ पुग्यो

जनकपुरधाम । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् । बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक … Read more

बाढीपहिरोबाट ६ विद्यार्थीको मृत्यु, ४२ विद्यालयमा क्षति

काठमाडौं : गत बिहीबार र शुक्रबारको अविरल वर्षाले  बाढी र पहिरो जाँदा ४२ वटा सामुदायिक विद्यालयहरूमा क्षति पुगेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले  हिजो बेलुकासम्म प्राप्त विवरणअनुसार हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम रसुवा, मकवानपुर, मोरङलगायत जिल्लाका ४२ वटा विद्यालयहरूमा क्षति पुगेको जनाएको छ।     मन्त्रालयको विद्यालय क्षति विवरणमा कुनै विद्यालय भत्किएका छन् भने कतै पुरिएका उल्लेख … Read more

सहकारी ठगी मुद्दामा देवकुमार नेपालीको बागलुङ जिल्ला अदालतमा बयान सुरु

बागलुङ — सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको हो । अहिले नेपालीको बयान भइरहेको स्रेस्तेदार शिवहरि सुवेदीले बताए । बयान सकिएपछि उनलाई इजलासमा पेस गरिने छ । … Read more

काठमाडौंका खोला किनारमा थुप्रिए प्लास्टिक

शुक्रबार र शनिबार आएको अविरल वर्षापछि काठमाडौं उपत्यकामा जनधनको ठूलो क्षति गर्‍यो । बाढीले नदी करिडोर  र आसपासमा क्षति पुर्‍याएको छ । नदी किनारमा निर्माण भएका संरचनाहरू भत्केर सडक आवत जावतमै समस्या भएको छ बाढीसँगै बगेर आएका फोहोर अहिले नदी किनार र आसपासमा थुप्रिएको छ । खोला किनारका करिडोर र पार्कमा अहिले प्लास्टिकहरू अड्किएका छन् ।

बुधबारबाट पुनः वर्षा हुने सम्भावना

काठमाडौं सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए। मंगलबार पूर्वी नेपालमा (कोशी प्रदेशमा) अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको … Read more

नुवाकोटमा माइक्रोबस दुर्घटना

काठमाडौं : काठमाडौंबाट पोखरा जान लागेको माइक्रोबस नुवाकोटमा दुर्घटना भएको छ। माइक्रो छहरे–टोखा सडकखण्डमा दुर्घटना भएको जिल्लाम प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। दुर्घटना केहि यात्रु घाइते भएका छन्। नागढुङ्गाको बाटो बन्द भएपछि उक्त सडकखण्डबाट सवारी साधन चलिरहेका छन्। विस्तृत विवरण आउन बाँकी रहेको छ।

घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने सरकारको निर्णय

काठमाडाैं। सरकारले विपदमा घरबास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि अनुदान उपलव्ध गराउने निर्णय गरेको छ। गृहमन्त्रालयमा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्रै अस्थायी आवास निर्माण अनुदान मापदण्ड बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलव्ध गराउने निर्णय गरेको हो। बैठकले बिपद् प्रभावित क्षेत्र खोज, … Read more