बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ । अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० … Read more

पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा

काठमाडौँ पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ ।महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै … Read more

सहकारी ठगीका फरार आरोपित ढोरपाटनका मेयर दिल्लीमा पक्राउ

काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन्। रेडकर्नर नोटिस जारी भएका मेयर नेपालीलाई भारतीय सुरक्षाकमीले पक्राउ गरेर नेपाललाई जानकारी गराएको बताइएको छ । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ । बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका … Read more

सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

काठमाडौँ न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्ने … Read more

नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनुपर्छः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन्। विश्व पर्यटन दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गर्दै नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि … Read more

नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने

चितवन नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । विपद् प्राधिकरणका … Read more

पूर्वरक्षामन्त्री इशिबा जापानकाे प्रधानमन्त्री बन्ने

जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्नु हुने भएको छ । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आज भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उहाँका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गर्नुभएको छ … Read more

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र विपद् सामनाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।उपत्यकामा बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । महानगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी र समय समयमा भारी वर्षा भई … Read more

नौबीसेको सुरुङमार्गनजिकै लेदोसहितको पहिरो, राजधानी छिर्ने सडक ठप्प

काठमाडौं,  नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो । पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ । अझैसम्म पहिरो … Read more

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

चितवन वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । उहाँले भन्नुभयो, “पश्चिम … Read more