झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनयापन सहजः राष्ट्रपति पौडेल

लुम्बिनी। राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताएका छन्। सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको आज शुभारम्भ गर्दै उनले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेकामा खुसी पनि व्यक्त गरे। ‘डबल … Read more

विद्यार्थीहरुको भविष्य धरापमा पारेको भन्दै त्रिवि रजिष्ट्रार कार्यालयमा धर्ना

काठमाडौं, असोज १- जिष्ट्रार कार्यालय परिसरमा विद्यार्थीहरुले धर्ना दिएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले कार्यालयमा धर्ना दिएका हुन् । त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् । यो धर्नालाई आफूहरुले पनि साथ दिएको … Read more

कालीगण्डकी कोरीडोर सडक: चराङ–छोसेर खण्ड आठ वर्षमा पनि पुरा भएन

म्याग्दी, असोज १०- चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम शुरु भएको आठ वर्षमा पनि पुरा भएको छैन् । छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दुरिको सडक निर्माणको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीहरुलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाईका … Read more

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

..

न्युयोर्क। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

बैंगलुरूमा नेपालीको हत्या : मुख्य आरोपी डायरीमा अपराध स्वीकारेर झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । भारतको बेङ्गलुरुमा नेपाली युवती महालक्ष्मीको हत्याकाण्डका मुख्य अभियुक्तले बुधबार दिउँसो ओडिशाको भद्रक जिल्लाको एउटा गाउँमा झुण्डिएर आत्महत्या गरेका छन् । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको मोटरसाइकल पनि त्यहीँ पार्किङ गरिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेको नाम मुक्ति रञ्जन राई हो । उनको साथबाट एउटा … Read more

नेपाल र सर्बियाबीच भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर

काठमाडौं। नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै

चितवन:  राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै छन् । राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको विशेष कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल बिहान ११ बजे भरतपुर आइपुग्ने र त्यस लगत्तै क्यान्सर अस्पतालको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी … Read more

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान र … Read more

२०८१ साल असोज १० गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला … Read more

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले दलित समूदायको समग्र स्थीतिको अध्ययन गरि उनीहरुको अधिकारका लागि आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। उनले आयोगले दिएका सुझावहरुलाई सरकारले प्राथमिकताका … Read more