मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु

काठमाडौं, ३० भदौ । कैलालीको टीकापुरस्थित एल।एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु … Read more

१ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

३० भदौ, काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरूको साँवा र ब्याज भुक्तानी २० असोजमा हुनेछ ।निक्षेप संकलन उपकरणमा … Read more

लुम्बिनी सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।सभामा प्रस्ताव पेस  भएपछि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने गरी निर्णयार्थ प्रस्तुत  गरिने जनाइएको … Read more

नेपाल प्रिमियर लिग क्रिकेटमा चितवन मेडिकल कलेज र फर्चुना हेल्थ केयरको टिम

काठमाण्डौं, ३० भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य क्षेत्रबाट दुई टिममा लगानी भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल र फर्चुना हेल्थ केयरले टिम किनेका हुन्।चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका छन् । सिएमसीले एक करोड ७६ लाख रुपैयाँमा उक्त टिम किनेको हो भने फर्चुनाले एक करोड … Read more

अमेरिकामा ब्याजदर घट्ने चर्चाले महँगियो सुन, मूल्य हालसम्मकै उच्च

३० भदौ, काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो … Read more

सुरु भयो इन्द्रजात्रा

काठमाडौं– उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व आइतबारदेखि सुरु भएको छ । बसन्तपुर दरबार अगाडि लिंगो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा इन्द्रको पूजा गरिने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै काभ्रे दोलखालगायत जिल्लामा पनि मनाइन्छ । नेवारी समुदायले ८ दिनसम्म मनाउने इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै … Read more

यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ … Read more

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो … Read more

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ ।आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए । दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । … Read more

हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

भदौ २९ ,काठमाडौँ। बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगरस्तरीय हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। महानगरको प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा हाजिरी जवाफतर्फ १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा ब्राइट फ्युचर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। रुद्रायणी मावि दोस्रो भएको थियो भने प्रगति शिक्षा … Read more