काठमाण्डौं, ३० भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य क्षेत्रबाट दुई टिममा लगानी भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल र फर्चुना हेल्थ केयरले टिम किनेका हुन्।चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका छन् । सिएमसीले एक करोड ७६ लाख रुपैयाँमा उक्त टिम किनेको हो भने फर्चुनाले एक करोड ८६ लाख रुपैयाँमा लुम्बिनी किनेको हो।
अन्य टिम कान्तिपुर मिडिया ग्रुपले काठमाडौं, ड्रिम स्पोर्ट्सले जनकपुर, हिमालय बिल्डर्सले कर्णाली र सुदुर पश्चिमलाई एम्पायर स्पोर्ट्सले किन्दा विराटनगरको मालिक एमएडी ड्रीम्स स्पोर्ट्स बनेको छ । क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ।सबै टिमले मार्की खेलाडी समेत प्राप्त गरेका छन् । सिएमसीले कुशल मल्ल पाएको छ भने लुम्बिनीले नेपाली टिम कप्तान रोहित पौडेले प्राप्त गरेको छ।
काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्। एनपिएल आगामी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ।