अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ। वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चांग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो। समितिका सभापति प्रा डा … Read more

२०८१ साल भदौ २८ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्छ । आफन्तसँग खटपट हुन सक्छ । मान्यजनको … Read more

भरतपुरको मुख्य बजार क्षेत्रमा पार्किङः जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन आग्रह

चितवन:  भरतपुर महानगरपालिकाले सेवा प्रदायक संस्थालाई सेवाग्राहीका सवारी साधनको लागि पार्किङको व्यवस्था आफै मिलाउन आग्रह गरेको छ । महानगरले एक सूचना प्रकाशन गरी सरकारी तथा गैरसरकारी कार्यालय, वित्तिय संस्था, अस्पताल तथा व्यवसायीहरुलाई पार्किङको व्यवस्थापन मिलाउन आह्वान गरेको हो । त्यस्तै, मुख्य बजार क्षेत्रमा सशुल्क पार्किङको लागि जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन पनि महानगरले आग्रह … Read more

ह्यारिस र ट्रम्पबीचको बहस कसले जित्यो ?

काठमाडौं। अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ। करिब ९० मिनेटसम्म चलेको एबीसी न्यूज प्रेसिडेन्सियल बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको कडा आलोचना गरेका थिए। यस क्रममा दुई उम्मेदवारबीच रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, सीमा समस्या, अध्यागमन, अर्थतन्त्र, क्यापिटल हिल दंगा र गर्भपतन … Read more

यी पाँच प्रदेशमा आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ। हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका … Read more

२०८१ साल भदौ २७ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । मिथुन (का, … Read more

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले प्रतिवेदनमा औंल्याइएका विषय कार्यान्वयन गर्न सम्बन्धित सबै निकाय र पदाधिकारीले पूर्णप्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरे। … Read more

पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

गण्डकी। पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ। पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ। यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा … Read more

के प्रेममा छन् धीरज र उपासना ?

फिल्म रिलिज संघारमा हुँदा कलाकारको प्रेम चर्चा चल्नु नौलो होइन । तर, यो चर्चा दुई प्रकारको हुने गर्छ । एउटा नियोजित हुन्छ, जसको उद्देश्य भनेको प्रेमको हल्ला फैलाएर फिल्मको प्रचार गर्नु हो । अर्को चाहिँ वास्तविक प्रेम नै हुन्छ । तर, वास्तविक प्रेम भए पनि फिल्म रिलिज नहुँदासम्म मात्र त्यो टिकेको पाइन्छ । जब फिल्म … Read more

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको … Read more