बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता … Read more

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया … Read more

२०८१ साल भदौ ११ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ … Read more

जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताएका हुन्। ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्‍याे। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने। सरकार बनेको … Read more

सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति … Read more

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन … Read more

अदालतको आदेशलाई महानगरको निर्णय भनेर जनतामा भ्रम नछर्न बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो भन्दै अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता … Read more

काठमाडौँको मध्य भागमा एक पुरुषको हत्या

काठमाडौँ , भदौ १० । राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। उनि उक्त पुल हाउसका संचालक भएको बताइएको छ। अन्य विषय … Read more

बाढीका कारण २० जनाको मृत्यु

भदौ १०। लगातारको मनसुनी वर्षाका कारण बंगलादेश बाढीको चपेटामा परेको छ । बाढीका कारण त्यहाँ २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा पानी, औषधि र सुक्खा कपडाको अभावको सामना गरिरहेको बताइएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद … Read more

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै।

काठमाडौँ ,भदौ १०। भगवान् श्रीकृष्णको जन्मजयन्ती श्रीकृष्णजन्माष्टमी आज देशभर विभिन्न कार्यक्रम गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । शास्त्र अनुसार भगवान श्रीकृष्णको जन्म द्वापर युगमा चन्द्र क्यालेन्डर अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । भगवान् कृष्णलाई दुष्ट, अन्याय र शैतानी शक्तिबाट मानवको रक्षा गर्ने भगवान विष्णुको अवतार मानिन्छ । उहाँलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका तीन सिद्धान्तका प्रवर्तक … Read more