काठमाडौँको मध्य भागमा एक पुरुषको हत्या

काठमाडौँ , भदौ १० ।
राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्।
आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। उनि उक्त पुल हाउसका संचालक भएको बताइएको छ।
अन्य विषय भने नखुलेको उनले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिए।

सेयर गर्नुहोस्