मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको निरीक्षण

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।उनले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे … Read more

करेन्ट लागेर बालकको मृत्यु

फिदिम, । फिदिम नगरपालिका –२ पल्लोटारमा करेन्ट लागेर १५ वर्षीय एक जना बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा नुवाकोट तादी गाउँपालिका घर भई हाल फिदिम –२ मा भाडामा बसोबास गर्दै आउनुभएका युवराज पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताउनुभयो । शनिबार साँझ मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा पाण्डेको मृत्यु भएको … Read more

बढ्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य एक हजार रुपैयाँ बढेर कारोबार भएको हो। आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य ३५ रुपैयाँ … Read more

रामेछापमा पहिरोले घर पुरिँदा २ को मृत्यु, ८ जना बेपत्ता

काठमाडौं। रामेछापमा पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोले जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँका चार वटा घर पहिरोले बगाएको छ। स्थानीय संगिता पहरीले दिएको जानकारी अनुसार घर बगाउदा नाबालकसहित ८ जना बेपत्ता भएका छन्। घटनास्थलमा सुरक्षाकर्मी परिचालन … Read more

आइतबारको मौसम : मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रणालीका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशको थोरै स्थानमा … Read more

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १५ जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन … Read more

‘बेहुली फ्रम मेघौली’ टिजर : स्वस्तिमालाई बिहेको दबाब

विजयादशमी (दशैं)को घटस्थापनालाई लक्षित गरेर आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । हल रिलिजको एक सातापछि युट्युबमा सार्वजनिक गरिएको साढे २ मिनेटको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ । ३० वर्षकी स्वस्तिमा खड्कालाई … Read more

तनहुँ दुर्घटनामा मृतकको शव लिन भारतीय बिमान चितवन आउने,१६ जनाको पोष्टमाटम सकियो

चितवन:  तनहुँ दुर्घटनामा मृतकको शव लिन भारतीय बिमान चितवन आउने भएको छ । शनिवार अपरान्ह ३ बजे बिमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १६ जनाको शब पोष्टमाटम गरिएको छ । अब ११ जनाको पोष्टमाटम बाँकी छ । यस्तै तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र … Read more

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई

भरतपुर। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छिन्। आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन्। “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उनले … Read more

मर्स्याङ्दी बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न भारतीय राज्यमन्त्री नेपाल आइपुगिन्

काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से आज बिहान काठमाडौं आएकी छिन्। उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आएको जानकारी … Read more