डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाइन्छः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन … Read more

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत, पर्वतका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् । कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिनुभयो । गत पुस १ गते जिल्लाको … Read more

गण्डकी प्रदेश: कांग्रेस-एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको … Read more

पहिलो हप्तामै स्त्री २ ले कमायो ४०० करोड भारु

नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपुरको स्त्री २ यतिबेला भारतीय बक्स अफिसमा कब्जा जमाएर बसेको छ । फिल्ममाथि दर्शकहरूले पैसाको वर्षा गरिरहेका छन् ।फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ । पहिलो हप्तामा फिल्मको कमाई ४०० करोड भारु भन्दा माथि पुगेको छ । फिल्म ५०० करोड क्लबतर्फ बढिरहेको छ ।मेकरहरूले बिहीबार … Read more

फेक अडियो प्रकरणमा तिमल्सीना पक्राउ

काठमाडौँ, भदौ ६ सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्ममी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा फरार आरोपित राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तिमल्सिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । तिमल्सिनाले तयार गरेको फेक अडियो ‘स्टिङ अपरेसन’को नाममा सीधा कुरा अनलाइनमार्फत् सार्वजनिक … Read more

प्रेस कार्डको दुरुपयोग नगर्न चेतावनी

काठमाडौँ , भदौ ६ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरी समाजलाई भ्रममा पार्ने काम नगर्न चेतावनी दिएका छन् । त्यसको दुरुपयोग गरेको पाइएमा कुनै पनि पत्रकारलाई कडा कारबाही गरिने उनले चेतावनी दिए । काउन्सिलमा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्रेस परिचयपत्रले समाजलाई बोझ नराखी रचनात्मक काम गर्न सक्ने बताए । … Read more

गल्छी–रसुवागढी सडक अवरुद्ध

काठमाडौँ , भदौ ६ गल्छी –रसुवागढी सडकमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ बोरोखोला नजिकै सडकमा ढुंगासहित पहिरो खसेपछि डेडिकेटेड डबल लेन सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख जेजुङ कार्कीले जानकारी दिए । देवीघाटदेखि महादेवफाँट हुँदै गल्छी जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सोही रुट वरिपरि वैकल्पिक … Read more

हुम्ला जीप दुर्घटना : घाइते एक जनाको मृत्यु, बाँकीको उपचार हुँदै

सुर्खेत । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च … Read more

बस्तीमा पस्यो नदी, भजनीका अधिकांश क्षेत्र डुबानमा

भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिनुभयो ।नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ … Read more

‘सीधा कुरा’ विरुद्ध अदालतको अपहेलना मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं : सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा ‘सीधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलका प्रकाशक,कार्यकारी सम्पादकविरुद्धको मुद्दामा आज फैसला सुनाउने भएको छ। सुनुवाइका लागि बृहत्त पूर्ण इजलासमा पेशी तोकिएको छ।यसअघि साउन १७ गते बृहत्त पूर्णइजलासले उक्त मुद्दामा सुनुवाइ गरी फैसलाको मिति आजका लागि निर्धारण गरेको थियो। सोही दिनको इजलासले मुद्दाको बहसमा सहभागी कानुन व्यवसायीहरूलाई १५ … Read more